अफगानिस्तानमा एक दशकमा एक लाखभन्दा बढी ब्यक्ति मृत्यु वा घाइते


प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार

अफगानिस्तानमा पछिल्लो एक दशकमा एक लाखभन्दा बढी ब्यक्ति मृत्यु वा घाइते भएका संयुक्त राष्ट्रसंघले बिहीबार जारी प्रतिवेदनमा बताइएको छ ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भएको रक्तपातपूर्ण युद्धको तथ्याङ्क जारी गर्दै १८ बर्षे युद्धलाई अन्त्य गर्न आग्रह गरेको हो । अफगानिस्तानका तालिवान विद्रोही र संयुक्त राज्य अमेरिकाबीच युद्ध अन्त्यका लागि वार्ता चलिरहेका समय संयुक्त राष्ट्रसंघले यो तथ्याङ्क जारी गरेको हो ।

गत सेप्टेम्बरमा तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच भएको वार्ताका आधारमा एक सम्झौता गर्दै स्थायी शान्तिका लागि अघि बढ्ने भनाइहरू आइरहेका समय विद्रोहीले अमेरिकी सैन्य अधिकारीको मृत्यु हुने गरी काबुलमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एकतर्फीरूपमा वार्ता तत्कालका लागि भङ्ग भएको जानकारी गराइएको थियो ।

विद्रोही र सरकारबीचको निरन्तर झडपका घटनाबाट अफगानी सर्वसाधारणको मृत्यु हुने क्रम जारी रहँदा पुनः वार्ता सुरू भएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अफगानिस्तानमा कार्यरत राष्ट्रसंघीय उप–नियोगले विगत दश वर्षदेखि युद्धको तथ्याङ्क राखेको छ । अफगानिस्तानका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधि तादामिची यामामोचोद्वारा जारी विज्ञप्तिमा उहाँले भन्नुभयो, “दुःखको कुरा सर्वसाधारणको हताहती आज पनि रोकिएको छैन । एक दशकमा करिब एक लाखभन्दा बढी व्यक्तिले कि त ज्यान गुमाए कि पूर्णरूपमा अपाङ्ग बने ।”

“राष्ट्रसंघले अफगानिस्तानको शान्तिका लागि प्रयासरत सबैसँग आग्रह गर्छ कि उनीहरूले लाखौँ अफगानी सर्वसाधारणको कुरा सुनुन र शान्तिसँग बाँच्ने अधिकारको रक्षाका लागि ठोस उपलब्धि निकालुन् । खासगरी घाइतेसहित हजारौँ अफगानी सर्वसाधारणले अझै पनि आफ्नो जिन्दगीलाई पुनः निर्माण गर्न चाहन्छन् । यसका लागि पहल गरियोस् ।”

राष्ट्रपति असरफ घानी दोस्रो कार्यकालका लागि निर्वाचनबाट विजय भएसँगै अमेरिका, अधिकांश तालिवान विद्रोही र सरकारबीच सम्झौताको वातावरण सिर्जना भएको विश्लेषकहरूले बताएका छन् । पहिले घानीप्रति सशङ्कित विद्रोही पनि पछिल्लो समय थाकेको र वार्ताका लागि इच्छा प्रकट गरेको देख्न सकिन्छ ।

राष्ट्रसंघका अनुसार यस वर्षको मध्यमा (जुलाई १ देखि सेप्टेम्बर ३० सम्म) अफगानिस्तानमा कम्तीमा एक हजार १७४ जनाको मृत्यु भएको छ भने तीन हजार १३९ घाइते भएका छन् ।

राष्ट्रसंघको तथ्याङ्कमा गत वर्ष अफगानिस्तान द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या निकै कहालीलाग्दो थियो । गत वर्ष तीन हजार ८०४ जना सर्वसाधारणले ज्यान गुमाए भने त्यसमध्ये ९२७ बालबालिका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com