चुनाव जिते एकसयदिनभित्र कागजपत्रविहिनलाई नागरिकताको बाटोमा : बुटाजज


प्रकाशित मिति : पुस ९, २०७६ बुधबार

अमेरिकी राष्ट्रपतिका लागि सबैभन्दा कम उमेरका डेमोक्रेटिक उम्मेदवार ३७ बर्षका पिट बुटाजजले आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएमा सुरुको एकसयदिनभित्र कागजपत्रविहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने घोषणा गरेका छन् । चुनावी अभियानका क्रममा आयोवामा उनले आफ्नो अध्यागमनबारेको योजना सार्वजनिक गरेका हुन् ।

उनले कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने कानुन नबन्दासम्म अस्थायी प्रकारको संरक्षण प्रदान गर्ने र पछि कानुन नै बनाएर ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने घोषणा गरेका छन् ।

उनले नाफामुलक उद्देश्यले खोलिएका सबै अध्यागमन जेलहरु बन्द गर्ने घोषणा गरेका छन् । साथै उनले महान्यायाधिवक्ताले राजनीतिक हस्तक्षेप गर्न नमिल्ने खालको स्वतन्त्र अध्यागमन अदालत प्रणाली बनाउने घोषणा समेत गरेका छन् ।

साथै कानुनी स्टाटसको पुनसमायोजन र देशनिकाला रद्द गर्नका लागि गरिएका आवेदनको फैसलाको अधिकार युएससीआईएसलाई नै दिने समेत उनको घोषणमा उल्लेख छ । उनले एसाइलमका सन्दर्भमा पनि ब्यापक परिवर्तनको घोषणा गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीबीपीले चलाएका हिराशतहरुमा एसाइलम आवेदकलाई नराखी हेल्थ एण्ड ह्युमन सर्भिसले एसाइलम आवेदकलाई राख्ने स्थल बनाउने र त्यहाँका कामदारलाई स्वास्थ्य लगायतका विषयमा तालिम उपलब्ध गराउने पिट बुटाजजको योजनामा समावेश छ ।

भिसा प्रणालीमा सुधार गर्ने, सिमाक्षेत्रमा पर्खाल बनाउने योजनालाई अबरुद्ध गर्ने, गम्भिर अपराध गरेकाहरुलाईमात्र देशनिकालाको प्राथमिकतामा राख्ने लगायतका योजनाहरु समेत अगाडि सारेका छन् । उनका योजनाहरु आप्रवासीहरु र खासगरी ल्याटिनोहरुलाई आकर्षित गर्ने खालका रहेका छन् ।

उनले अमेरिकी राष्ट्रपतिमा अन्तिम उम्मेदवारी दिनका लागि भने डेमोक्रेटिक पार्टीभित्रको प्राइमरी जित्नुपर्नेछ । डेमोक्रेटिक प्राइमरीका लागि झण्डै डेढ दर्जन उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com