होन्डुरस जेलभित्र भएका झडपमा थप १८ को मृत्यु


प्रकाशित मिति : पुस ७, २०७६ सोमबार

होन्डुरसको मध्यक्षेत्रमा रहेको एक जेलमा कैदीहरूबीच आइतबार हिंसात्मक झडप हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको भएको यहाँका अधिकारीले बताएका छन् ।
होन्डुरसको जेलमा दुई दिन पहिले पनि दुई समूहबीच झडप हुँदा अन्य १८ कैँदीको मृत्यु भएको थियो भने अन्य १६ कैँदी सख्त घाइते भएका थिए ।

होन्डुरसका जेलमा हिंसात्मक झडपका दुई दिनको अवधिमा भएका दुई हिंसात्मक घटनामा ३६ जनाले ज्यान गुमाएका र दजनौँ व्यक्ति घाइते भएपछि सरकारले आफ्ना जेलहरूमा सङ्कटकाल घोषणा गरेको छ ।

यहाँको सुरक्षा नेतृत्वले झडपका समय बन्दीगृहको सुरक्षार्थ खटिएका सुरक्षा अधिकारीलाई छ महिनाका लागि निलम्बन गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

मध्य अमेरिकी मुलुक होन्डुरसको जेलहरूमा क्षमताभन्दा बढी कैँदीहरू राखिने गरिएको छ । कमजोर जेल प्रशासनको फाइदा हुँदै जेलभित्र पनि गुट उपगुट र तीनका नाइकेले आफ्नो प्रभाब देखाउन जेलभित्र हिंसात्मक आक्रमण हुनु होन्डुरसका लागि सामान्य घटनाजस्तै मानिन्छ । यहाँ पटक पटक यस प्रकारका घटना दोहोरिने गर्छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

समाजमा आपराधिक गतिविधिमा सम्लग्न समूहका जेल बाहिर विभिन्न झगडामा प्रकट गर्न नसकेका रोषका घटनाले जेलभित्र हिंसात्मक स्वरूप लिने गर्छन् ।

होन्डुरसभरी जम्मा २७ बन्दीगृह रहेका छन् भने ती जेलमा करिब २२ हजार कैँदीलाई राखिँदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com