यो बर्षको सबैभन्दा खतरनाक सूर्यग्रहण बिहिबार, यस्तो देखिदैछ आकाश


प्रकाशित मिति : पुस ६, २०७६ आईतबार

यो बर्षको सबैभन्दा खतरनाक र अन्तिम सूर्यग्रहण बिहिबार लाग्ने भएको छ ।  सूर्यग्रहणमा सूर्यको बीचको भाग छेकिंदा औंठीजस्तो आकार बन्नेछ ।ग्रहण त्यसदिन नेपाली समयअनुसार बिहान ८ बजेर  ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेटमा सकिनेछ।

भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट भने रिङ अफ फायरका रूपमा देखिनेछ। सूर्यको यस्तो आकार झण्डै ३ मिनेट ४० सेकेण्ड देख्न सकिने जनाइएको छ । तर यो सूर्यग्रहण योबर्षकै सबैभन्दा खतरनाक भएकाले नांगो आँखाले हेरेमा अन्धो समेत हुन सकिने चेतावनी दिइएको छ ।

गत जुलाईको सूर्यग्रहण नांगो आँखाले समेत हेर्नसकिने थियो । तर यो सूर्य ग्रहण नांगो आँखाले हेर्दै नहेर्न चेतावनी दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सूर्यग्रहण साउदी अरबबाट सबैभन्दा राम्रो देखिने जनाइएको छ । त्यहाँ सूर्योदय हुनासाथ आगाको ज्वालाजस्तो औंठीको आकारमा देखिनेछ ।

त्यसपछि कतार, युएई, ओमन, दक्षिणी भारत, श्रीलंका, इन्डोनेशिया, सिंगापुर मलेसिया लगायतका देशबाट देख्न सकिनेछ । खासगरी एसिया र दक्षिण एसियाका देशबाट बिहिबारको सूर्यग्रहण प्रष्ट देख्न सकिनेछ ।

त्यसपछि अर्को सूर्यग्रहण सन् २०२० को जुन २१ मा लाग्नेछ । यो सूर्यग्रहण पनि अफ्रिका र दक्षिण एसियाका मुलुकहरुबाट राम्ररी देख्न सकिनेछ ।

उत्तर अमेरिकाबाट भने सन् २०२१ को जुन १० र सन् २०२३ को अक्टोबर १४ को सूर्यग्रहण देख्न सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com