गाडीको शोरुममा बच्चाले गाडी कोतरेपछि पिताले तिरे १० लाख
प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार
गाडीको शोरुममा गएको बेला बच्चीले १० वटा गाडी कोतरेपछि उनका पिताले झण्डै १० लाख रुपैया ( ७० हजार युयान/ १० हजार डलर) जरिवाना तिर्नुपरेको छ । चीनको भएको उक्त घटनामा बच्चीका पिता साथीका लागि गाडी हेर्न शोरुममा गएका थिए ।

जब उनीहरु गाडी हेर्न व्यस्त भए, तब बच्चीले एउटा ढुंगा भेटाएर गाडी कोर्तन थालिन् । जब कसैले बच्चीले गाडी कोतरिरहेको देख्यो, त्यतीबेलासम्म उनले १० वटा गाडी कोतरिसकेकी थिइन् ।
तीनबर्षकी ती बच्चीले १० वटा औडी कार कोतरेकी थिइन् । गाडीको डिलरले बच्चीका पिताबिरुद्ध झण्डै ३० लाख रुपैया (२ लाख युयान / २८ हजार अमेरिकी डलर ) जरिवानाको दावीसहित मुद्दा दायर गरेका थिए । तर अदालतले भने १० लाख रुपैयाको क्षतिपूर्तिको फैसला गरिदिएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






