नागरिकता संशोधन ऐनको विरोधमा भारतको राजधानी नयाँदिल्लीमा आज पनि प्रदर्शन जारी छ । दिल्लीसँगै देशका मुख्य सहरहरूमा विरोध प्रदर्शन भइरहेको बीबीसीले जनाएको छ । नयाँदिल्लीको जामा मस्जिददेखि जन्तरमन्तरसम्म र्याली आयोजना गरिएको छ ।
मेट्रो स्टेसन आज पनि ठप्प छ । वामपन्थी दलहरूको संयोजनमा बिहीबार भएको भारत बन्दका क्रममा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु भएको थियो ।
यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सार्वजनिक सम्पत्तिको हानि पु¥याउनेलाई कडा कारबाही गरिने बताएका छन् । उनले ट्विट गर्दै सार्वजनिक सम्पत्ति क्षति पु¥याउनेलाई उनीहरूकै सम्पत्ति लिलाम गरी असुलिने चेतावनीसमेत दिएका छन् । (बीबीसी)
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।