‘मृत्युदण्ड’अघि नै मुशरर्फको मृत्यु भए पनि शवलाई ३ दिनसम्म झुण्ड्याउनू : अदालत


प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफमाथि मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानको विशेष अदालतले फेरि अर्काे निर्णय सुनाएको छ ।

‘यदि मुशर्रफलाई मृत्युदण्ड दिनुअघि नै उनको मृत्यु भयो भने उनको शव इस्लामावादको चोकमा तीन दिनसम्म झुण्ड्याउनू’– अदालतले भनेको छ ।

गएको मंगलबार मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाउने तीन सदस्यीय बेन्चका प्रमुख र पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमदले १ सय ६७ पानाको विस्तृत फैसला लेखेका छन् ।

मृत्युदण्ड दिनुअघि नै मुशर्रफको मृत्यु भए पनि पूर्व राष्ट्रपतिलाई फाँसीको फन्दामा झुण्ड्याउनु पर्ने न्यायाधीश अहमदले लेखेका छन् । फैसलाका अनुसार, ‘भाग्ने र दोषी साबित भएकालाई गिरफ्तार गर्नका लागि पूरै शक्ति प्रयोग गर्न र कानुनअनुसार सजाय दिन हामी कानुन प्रवर्तक एजेन्सीहरुलाई निर्देश दिन्छौँ । यदि उनी मृत भेटिएको अवस्थामा उनको लाश इस्लामावादको डी चोकमा तीनदिनसम्म झुण्ड्याउनू ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदालतको यस्तो निर्णयपछि मुशर्रफका समर्थकहरुले देशका विभिन्न भागमा उनको समर्थनमा र्‍याली निकालेका छन् । मुशर्रफमाथि संविधानलाई प्रभावहीन बनाएर सन् २००७ मा संविधानविरुद्ध आपतकाल घोषणा गरेको र देशद्रोहको आरोप छ ।

यद्यपि पाकिस्तानी सेनाले भने मुशर्रफको समर्थन गर्दै देशको सेवा गर्नेलाई देशद्रोही भन्न नसकिने भन्दै मुशर्रफको बचाउ गर्दै आइरहेको छ ।  -एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com