भेष बदलेर जाँदा अमेरिकी राष्ट्रपतिले समेत चिनेनन् सीआईएकी उच्च अधिकारीलाई


प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार

जोना मेन्डेज । अमेरिकी जासुुसी संस्था सीआईएसमा भेष बदल्ने विभागकी पूर्व प्रमुख हुन् ।

जर्ज डब्ल्यु बुस राष्ट्रपति भएको बेलामा एकविहान उनी भेष बदलेर ह्वाइट हाउसभित्र प्रवेश गरिन् ।

सुरुमा उनले एकजना अफ्रिकन अमेरिकन पुरुषको अनुहार लगाएकी थिइन् । अर्थात् भेष बदल्ने मास्कका कारण उनको अनुहार ठ्याक्कै अफ्रिकन अमेरिकन पुरुषको जस्तो बनेको थियो । तर आवाजले साथ नदिएका कारण पछि उनले आफ्नै एकजना महिला साथीको अनुहार लगाइन् ।

त्यसपछि उनी ह्वाइटहाउसको ओभल अफिसबाहिर गइन् । अनि पेन्सिल टोकेर बसिरहिन् । त्यसदिन अमेरिकी राष्ट्रपति खुफिया ब्रिफिंगका लागि तयार हुँदै थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बदलिएको भेषमा राष्ट्रपतिसमक्ष ब्रिफिंग गर्दै मेन्डेज

जब राष्ट्रपति तयार भए ब्रिफिंग सुरु भयो । मेन्डेजले आफूले पछिल्लो प्रविधि देखाउन गइरहेको बताइन् । तर अमेरिकी राष्ट्रपति, जो आफै सीआईएका पूर्व प्रमुख थिए, उनले आफै पत्ता लगाउने बताए । तर अमेरिकी राष्ट्रपतिले चिन्न नकसेपछि मेन्डेजले आफै मास्क उतारिन् ।

उनले तयार पारेका कैयन मास्कहरु अहिले पनि अमेरिकाको वासिंटन डिसीमा रहेको जासुसी संग्राहालयमा संग्रहित छन् । उनलाई सबैभन्दा मनपर्ने भेष अफ्रिकन अमेरिकनको थियो । उक्त भेषमा हिडेपछि उनलाई कमै व्यक्तिले चिन्थे ।

उनले २७ बर्षको अवधिमा एसिया, इन्डियन महाद्वीप, युरोप र विश्वका विभिन्न देशमा भेष बदलेर पुगिरहिन् ।

जर्मनीमा बस्ने उनका पतिले मेन्डेजले सीआईएका लागि काम गर्छिन् भन्ने कुरा विवाह हुनुभन्दा तीनदिन अगाडिमात्र थाहा पाएका थिए । मेन्डेजले शीतयुद्धका बेलामा कैयनपटक यसरी भेष बदलेर विभिन्न देशमा पुगेकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com