बेलायतको बेरोजगार दर सन् १९७४ पछि कै निम्न अवस्थामा


प्रकाशित मिति : पुस १, २०७६ मंगलबार

बेलायतको बेरोजगार दर सन् २०१९ को पछिल्लो त्रैमासिक (अगष्ट–अक्टोबर) मा सन् १९७४ पछिकै निम्न विन्दुमा झरेको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङक अनुसार बेलायतमा करिब १२ लाख ८० हजार व्यक्ति बेरोजगार रहेका छन् । सन् २०१८ को सोही अवधिको तुलनामा यो सङ्ख्या ९३ हजारले कमी हो भने पाँच वर्ष पहिलेको सोही अवधिभन्दा यो सङ्ख्या छ लाख ७३ हजारले कमी हो ।

“विगत छ वर्षमा बेलायतको बेरोजगार दर सामान्य गतिमा घटिरहेको छ,” तथ्याङ्क कार्यालयले जनाएको छ ।

यसैबीच बेलायतमा रोजगार दर ७६.२ प्रतिशत रहेको पनि अध्ययनले बताएको छ । यो दर गत वर्षको अगस्ट–अक्टोबरको तुलनामा ०.४ प्रतिशत अङ्कले वृद्धि हो । बेलायतमा ८०.४ प्रतिशत पुरूष रोजगार रहेका छन् भने महिलाको रोजगार दर ७२.० प्रतिशत देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो समय महिलाहरूको रोजगार दरमा देखिएको वृद्धिमा आंशिक रूपमा राज्यले महिलाका लागि सेवा निवृत्त हुने उमेर हदलाई बढाउनु पनि जिम्मेवार रहेको उल्लेख गरिएको छ । बेलायतमा महिलाहरूले सक्रिय जागिरे जीवनबाट ६० देखि ६५ वर्षको उमेरमा विदा लिने गरेका तथ्याङ्कमा उल्लेख छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com