चलचित्र विकास बोर्ड अध्यक्ष भट्टराईको निधन


प्रकाशित मिति : मंसिर २९, २०७६ आईतबार

चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको आकस्मिक निधन भएको छ । उनको आइतबार राती १० बजे चावहिलको ओम अस्पतालमा निधन भएको हो । साँझसम्म सिंहदरबारस्थित सञ्चारमन्त्रायलमा रहेका भट्टराईको मुटुमा केही समस्या देखिएपछि अस्पताल लगिएको परिवारिक स्रोतले जनाएको छ । तर, अस्पतालमा पुग्दासम्म नै उनको निधन भइसकेको अस्पतालले बताएको छ ।

सोमबार पोस्टमार्टम गरेपछि मात्र उनको निधनको कारण पत्ता लाग्ने अस्पतालले जनाएको छ ।

चिनो मार्फत अभिनयमा प्रवेश गरेका भट्टराईले आधा दर्जनभन्दा बढी फिल्म निर्माण गरेका थिए । आफ्नो मान्छे, पाहुना, देवरबाबु, सो सिम्पल, छोडीगए पाप लाग्ला,यात्रा उनले निर्माण गरेका चर्चित फिल्म हुन् । यि मध्ये पनि आफ्नो मान्छे नेपाली सिनेमाको सर्वाधिक हिट फिल्ममध्ये एक मानिन्छ ।

विद्युत प्राधिकरणका स्थायी कर्मचारी भट्टराईले बोर्ड अध्यक्ष हुने भएपछि पदबाट राजीनामा दिएका थिए । उननले बोर्डमा ६ महिना अघि पद बहाली गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५१ वर्षका भट्टराईका एक छोरा र श्रीमति छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com