चलचित्र विकास बोर्ड अध्यक्ष भट्टराईको निधन


प्रकाशित मिति : मंसिर २९, २०७६ आईतबार

चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको आकस्मिक निधन भएको छ । उनको आइतबार राती १० बजे चावहिलको ओम अस्पतालमा निधन भएको हो । साँझसम्म सिंहदरबारस्थित सञ्चारमन्त्रायलमा रहेका भट्टराईको मुटुमा केही समस्या देखिएपछि अस्पताल लगिएको परिवारिक स्रोतले जनाएको छ । तर, अस्पतालमा पुग्दासम्म नै उनको निधन भइसकेको अस्पतालले बताएको छ ।

सोमबार पोस्टमार्टम गरेपछि मात्र उनको निधनको कारण पत्ता लाग्ने अस्पतालले जनाएको छ ।

चिनो मार्फत अभिनयमा प्रवेश गरेका भट्टराईले आधा दर्जनभन्दा बढी फिल्म निर्माण गरेका थिए । आफ्नो मान्छे, पाहुना, देवरबाबु, सो सिम्पल, छोडीगए पाप लाग्ला,यात्रा उनले निर्माण गरेका चर्चित फिल्म हुन् । यि मध्ये पनि आफ्नो मान्छे नेपाली सिनेमाको सर्वाधिक हिट फिल्ममध्ये एक मानिन्छ ।

विद्युत प्राधिकरणका स्थायी कर्मचारी भट्टराईले बोर्ड अध्यक्ष हुने भएपछि पदबाट राजीनामा दिएका थिए । उननले बोर्डमा ६ महिना अघि पद बहाली गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५१ वर्षका भट्टराईका एक छोरा र श्रीमति छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com