ट्रम्पबिरुद्धको महाअभियोग प्रस्ताव न्यायायिक कमिटिबाट पारित, अर्को साता हाउसमा


प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग प्रस्ताव अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाको न्यायाकि समितिबाट पारित भएर अगाडि बढेको छ । सत्ताको दुरुपयोग र सदनको रुकावट लगायतका अभियोगसहितका दुईवटा प्रस्तावहरु संसदमा अगाडि बढेपछि अब अर्को साता महाअभियोग प्रस्तावमा मतदान हुने भएको छ ।

लामो बहसपछि हिजो नै प्रस्तावहरुबारे न्यायिक समितिमा मतदानको कार्यक्रम रहेपनि हिजो भने मतदान हुन सकेन । आज भएको मतदानमा डेमोक्र्याट्सहरुले प्रस्ताव संसदमा लैजानका लागि समर्थन गरेका छन् भने रिपब्लिकनहरुले सर्मथन गरेका छैनन् । एकजना डेमोक्रेटिक सांसद भने विरामी भएका कारण मतदानमा उपस्थीत हुन सकेनन् ।

महाअभियोग प्रस्ताबका दुईवटा आर्टिकलहरुमध्ये एउटामा ट्रम्पले शक्तिको दुरुपयोग गरेर आफ्ना राजनीतिक प्रतिद्धन्दीमाथि अनुसन्धानका लागि युक्रेनलाई दवाव दिएको तथा अमेरिकी सुरक्षा सहायता र ह्वाइट हाउसको बैठक रोकेको आरोप लगाइएको छ । अर्कोमा गवाहहरुलाई रोकेर अनुसन्धानमा बाधा हालेको तथा उपस्थीतिका लागि दिइएको सुचना अवज्ञा गरेको आरोप लगाइएको छ ।

अब यी दुईवटै आर्टिकलहरु प्रतिनिधिसभामा मतदानमा लागि लगिने भएको छ । यदि प्रतिनिधिसभामा साधारण बहुमतबाट यो पारित भएमा ट्रम्प अमेरिकी इतिहासमा औपचारिक रुपमा महाअभियोग लगाइएका तेश्रो राष्ट्रपति हुनेछन् । यस अगाडि न्यायायिक समितिबाट महाअभियोग प्रस्ताव अगाडि बढेपछि रिचार्ड निक्सनले राजिनामा दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी संसदको प्रतिनिधिसभामा महाअभियोग प्रस्तावमा अन्तिम मतदानको मिति अझै तोकिएको छैन । तर यो आगामी बुधबार हुनसक्ने सम्भावना रहेको छ ।

त्यसपछि अमेरिकी सिनेटमा सर्बोच्च अदालतका प्रधानन्यायाधिसको अध्यक्षतामा यसबारे परीक्षण हुनेछ । यसैबीच राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफूले यो लामो प्रकृयालाई नराम्रो नमान्ने किनकी आफूले जालसाजी गर्ने मुखबीर (ह्वीसलब्लर) लाई देख्न चाहेको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com