वकिलहरुको समूहले अस्पतालमा तोडफोड गर्दा ३ जना बिरामीको मृत्यु


प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार

सयौँको संख्यामा आएका वकिलहरुको समूहले लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ कार्डियोलोजीभित्र छिरेर तोडफोड गर्दै आतंक मच्चाएका हुन् ।

अस्पतालभित्रै आक्रमण भएपछि उपचार नपाएर कम्तीमा ३ जना बिरामीको मृत्यु भएको बताइएाको छ । पाकिस्तानको लाहोरस्थित एक अस्पतालमा वकिलहरुको समूहले तोडफोड गर्दा ३ जना बिरामीको ज्यान गएको छ ।

बुधवार समूहमा अस्पताल छिरेका वकिलहरुले डाक्टर, गार्ड र अन्य स्टाफमाथि हमला गरेको र धेरैजसो सवारी साधनहरू पनि जलाएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

यो झडप के कारण भयो भनी स्पष्ट हुन सकेको छैन, तर यो गत डाक्टरहरू र एक वकिलबीच भएको झगडाको बदलामा यो आक्रमण भएको बताइएको छ । त्यहाँभित्रको सिसीटिभी भिडियोमा सो झगडाको दृश्य कैद भएको बताइन्छ । त्यसबेलादेखि वकिलहरूले डाक्टरहरू विरुद्ध कारबाहीको माग गरिरहेका थिए र बुधवार क्रूर रुपमा उनीहरु अस्पतालमै पसी आक्रमण गरेका हुन् ।

पाकिस्तानको पञ्जाब प्रान्तका स्वास्थ्य मन्त्री यास्मिन राशिदलाई उद्धृत गर्दै डन पत्रिकाले लेखेअनुसार तीन जना बिरामीको उपचार अभावमा मृत्यु भएको हो ।

त्यहाँका सूचनामन्त्री फयाज-उल-हसन चौहान दुई पेशेवर समूह बीचको यो झगडामा मध्यस्थता गर्ने प्रयासमा घटनास्थल पुगेका थिए । तर उनीमाथि समेत वकिलहरूको भीडले आक्रमण गरेको भिडियोमा देखिन्छ ।

‘मेरो जीवन जोखिममा थियो । उनीहरूले मलाई यातना दिए र गोली हान्नसमेत प्रयास गरे र मलाई अपहरण गर्ने प्रयास गरे,’ सूचनामन्त्रीले अंग्रेजी भाषाको समाचारपत्र डनलाई भनेका छन् । यो घटनामा संलग्न भएको भन्दै प्रहरीले ४० जना वकिललाई नियन्त्रणमा लिएको छ । एजेन्सी ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com