होटेलमा आक्रमण, पाँचको मृत्यु


प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार

सोमालियाको राजधानीस्थित एक होटेलमा जिहादीले गरेको आक्रमणमा पाँचजनाको मृत्यु भएको छ । आक्रमणमा तीन सर्वसाधारणसहित दुई सुरक्षाकर्मीको मृत्यु भएको हो । हमलामा केही आक्रमणकारी पनि मारिएका छन् । 

मंगलबार साँझ भएको सो आक्रमणको जिम्मा इस्लामिक समूह ‘अल सबाब’ले लिएको छ । राजधानी मोगादिसुमा रहेको सो होटेल राजनीतिज्ञ, उच्चस्तरीय सैनिक अधिकारी र कूटनीतिज्ञहरू भेला हुने प्रख्यात स्थलका रूपमा रहेको बताइन्छ । आक्रमणको समयमा होटेलभित्र उच्च तहका अधिकारीको बैठक चलिरहेको थियो ।

‘हाम्रा बहादुर सुरक्षा अधिकारीहरूले होटेलमा भएको आक्रमणलाई निस्तेज बनाए । आक्रमणको समयमा सरकारी अधिकारी र विदेशी अतिथिलगायत ८० भन्दा बढी व्यक्ति होटेलमा थिए,’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आक्रमणमा नौ सर्वसाधारण र दुई सैनिक सामान्य घाइते भएका छन् ।

आक्रमणकारीहरू प्रहरीको पोसाक लगाएर होटेलमा पुगेकोले उनीहरूलाई विनाअनुसन्धान होटेलमा प्रवेश गर्न दिइएको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणकारीले बन्दुक र ग्रिनेडलगायतका हतियारले आक्रमण गरेका थिए । यसअघि सोही होटेल र नजिकैको स्थानमा भएका तीन भीषण आतंककारी आक्रमणको पनि अल सबाब समूहले नै जिम्मा लिएको थियो ।

टर्कीका राष्ट्रपति रेसेप तयिप एर्डोगानको भ्रमणको पूर्वसन्ध्यामा जनवरी २०१५ मा यसै होटेलमा भएको एउटा आत्मघाती कारबम विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com