श्रीलङ्काले डेङ्गु प्रतिरोधी ब्याक्टेरिया ‘वोल्बाचिया’ को प्रयोग गर्दै


प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार

Original Title: Aa_FC3_58a.jpg

श्रीलङ्काको सरकारले डेङ्गुलाई निर्मुल गर्नका लागि विशेष प्रकारको ब्याक्टेरियालाई प्रयोग गर्ने भएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले बिहीबार श्रीलङ्काको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी भनेका छन्, “सरकारले अब डेङ्गुको सङ्क्रमणलाई रोक्न विशेष प्रकारको ब्याक्टेरियाको प्रयोग तथा परीक्षण गर्न लागेको छ ।”

मन्त्रालयका उप–महानिर्देशक पावा पालिहवादानले भने, “डेङ्गु सङ्क्रमणलाई रोक्न ‘वोल्बाचिया’ नामक एक प्रकारको ब्याक्टेरियालाई कोलम्बोका नगर क्षेत्रमा सन् २०२० को फेब्रुअरीदेखि छोडिनेछ । नगरका घरहरूमा लामखुट्टेका फुल र ‘फुड क्याप्सुल’ पानीमा दुईहप्तासम्म बन्द गरिनेछ । यसबाट वयस्क लामखुट्टे पैदा हुनेछन् र तिनीहरूलाई डेङ्गु प्रतिरोधी ब्याक्टेरिया फैलाउनका लागि खुलास्थानमा छोडिनेछ ।”

विश्व लामखुट्टे नियन्त्रण कार्यक्रमका अनुसार ‘वोल्वाचिया’ ले लामखुट्टेको भाइरस सङ्क्रमण गर्ने क्षमतालाई कमजोर पारिदिने गर्छ । यसका कारण लामखुट्टेबाट मानिसमा भाइरस सङ्क्रमण हुने र आत्मनिभरतामा व्यापकमात्रमा वृद्धि हुन्छ । ‘वोल्बाचिया’ ले लामखुट्टेबाट सर्ने डेङ्गु, एलो फेवर र जाइकाजस्ता भाइरसहरूसँग लड्छ र भाइरस सङ्क्रमण गर्ने क्षमतालाई कम गर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लामखुट्टेबाट सर्ने रोग नियन्त्रणका लागि ‘वोल्वाचिया’को परीक्षण गर्ने पहिलो मुलुक अष्ट्रेलिया हो र विगत आठ बर्षमा लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने यी समस्या अष्ट्रेलियामा नदेखिएको बताउने गरिएको छ ।

सन् २०१७ मा श्रीलङ्कामा एक लाख ८६ हजार १०१ जनालाई डेङ्गुको सङ्क्रमण भएको थियो भने ३२० जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालय सरूवा रोग नियन्त्रण एकाईका अनुसार सन् २०१९ मा श्रीलङ्कामा डेङ्गुको सङ्क्रमण भएर अस्पताल पुग्ने विरामीको सङ्ख्या ८६ हजार ४८४ रहेको छ ।रासस/सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com