अत्यधिक प्रदूषणका कारण सिड्नीको वातावरण नराम्रो र घातक, नियन्त्रण गर्न माग गर्दै प्रदर्शन


प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार

अष्ट्रेलियाको राजधानी सिड्नीमा बुधबार हजारौँले सरकारलाई दबाब दिन प्रदर्शन गरेका छन् ।

प्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्न माग गर्दै उनीहरूले सरकारको ध्यानाकर्षणका लागि प्रदर्शन गरिएको जनाएका छन् ।

अत्यधिक प्रदूषणका कारण सिड्नीको वातावरण नराम्रो र घातक हुँदै गएको र धरै मानिसलाई असर पार्न थालेको प्रदर्शनमा सहभागीहरूको भनाइ छ ।

पछिल्लो समयमा अस्पतालमा आउने बिरामीमध्ये वायु प्रदूषणका कारण बिरामी भएर आउनेहरूको सङ्ख्या २५ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदूषणको मात्र मङ्गलबार पनि बढेर अत्यधिक धेरै भएको विज्ञ तथा सरकारी अधिकारीहरूले नै बताएका छन् ।

प्रदूषणले बालबालिका र वृद्धवृद्धालाई बढी असर पर्ने र बिरामी बनाउने भएकाले सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

प्रदूषणको असर न्यून गराउन भन्दै केही दिन अगाडि विद्यालय तथा केही कार्यालयहरूसमेत बन्द गरिएको थियो ।

प्रदर्शनकारीहरूले बढी प्रदूषण गराउने प्रकारका सवारी साधनहरू चल्न नदिन र प्रदूषण नियन्त्रणका अन्य उपायहरू अपनाउन पनि आग्रह गरेका छन् ।

प्रदर्शनमा झण्डै पाँच हजार सहभागी भएका थिए भने प्रदूषण नियन्त्रणका लागि सरकारले ठोस कदम नचालेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

“देश अहिले आगोमा छ,” प्रदर्शनमा सहभागी २६ वर्षीय सामुअल विल्कीले भन्नुभयो, “राजनीतिक नेताहरूलाई कुनै मतलव नै छैन ।”

“हाम्रो सरकारले यसका लागि केही गरेकै छैन, कसैले केही सुनेकै छैन, कसैले केही गरेकै छैन, किन हो ?” अर्को २९ वर्षीय प्रदर्शनकारी जारा जेओले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com