जर्सी सिटीमा गोली चल्यो, प्रहरी अधिकारीसहित ६ को मृत्यु


प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार

अमेरिकाको न्युजर्सी राज्यको जर्सी सिटीमा गोली चल्दा प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । मंगलबार दिउसो कोशेर सुपरमार्केटमा गोली चल्दा आवासीय क्षेत्र युद्धक्षेत्र जस्तो बनेको छ ।

३ जनाको मार्केटमा मृत्यु भएको र मृत्यु हुनेमा २ जना गोली चलाउनेहरु रहेको जनाइएको छ । जर्सी सिटी प्रहरी डिपार्टमेन्टमा कामगर्ने बरिष्ठ अधिकारी जोसेफ सिल्सको पनि मृत्यु भएको छ ।

प्रहरीले अनुसन्धान गर्न खोज्दा ट्रकमा चढेर भागेको व्यक्तिले सुपरमार्केटमा पुगेर सर्वसाधारणमाथि गोली चलाएको थियो । घटना आतंकवादसँग सम्बन्धित नभएको जनाइएको छ ।

तल्लो म्यानहटनको पारीपट्टी जर्सी सिटीको ग्रिनभिलमा उक्त घटना भएको हो । घटनास्थलमा प्रहरीहरु छ्यापछ्याप्ती पुगेका थिए भने आकाशमा हेलीकप्टरहरुले चक्कर लगाएका थिए ।

प्रहरी अधिकारीहरुले दिउसो साढे १२ बजे सुपरमार्केटमा गोली चलेको खबर पाएका थिए । प्रहरी अधिकारीको भने बे भिउ सिमेट्री नजिक हत्या भएको हो । प्रहरी अधिकारीमाथि गोली चलाएपछि बन्दुकधारी भागेर सुपरमार्केटमा आएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com