समुद्रमा घट्यो  अक्सिजनको मात्रा


प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार

जलवायु परिवर्तन र पोषक तत्वयुक्त प्रदूषणले समुद्रबाट अक्सिजन घट्दा माछालगायत जलप्राणी संकटमा परेको एक अध्ययनले जनाएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) ले एक बृहत् अध्ययनपछि सो निष्कर्ष निकालेको हो । अध्ययनअनुसार झन्डै ७ सय समुद्री क्षेत्रमा अहिले अक्सिजन अभाव छ । जब कि सन् १९६० को दशकमा जम्मा ४५ वटा समुद्री क्षेत्रमा अक्सिजन अभाव थियो, अक्सिजन अभावले टुना, मार्लिन र सार्क प्रजातिका माछाको जीवन जोखिममा परेको अनुसन्धानकर्ताको भनाइ छ ।

अध्ययनअनुसार खेतिपाती र उद्योगधन्दाबाट निस्किने नाइट्रोजन र फस्फोरसले समुद्री सतहको अक्सिजनको तहलाई प्रभाव पारेको छ । जति बढी कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ, समुद्रले अझै बढी तातो सोसिदिन्छ । चिसो पानीको तुलनामा तातो पानीमा अक्सिजनको मात्रा थोरै हुन्छ । वैज्ञानिकहरूका अनुसार सन् १९६० देखि २०१० को अवधिमा समुद्रमा अक्सिजनको मात्रा दुई प्रतिशतले घटेको छ । तर, केही उष्ण क्षेत्रमा ४० प्रतिशतसम्म घटेको छ ।

सानो परिवर्तनले सामुद्रिक प्रणालीलाई ठूलो असर गर्छ । समुद्रको न्यून अक्सिजन जेलिफिसका लागि उपयुक्त भए पनि टुनाजस्ता चाँडो पौडिने जीवलाई यसले नराम्रो असर गर्छ । ‘हामी केबल अक्सिजनको मात्रा अभाव भन्छाैँ, तर यसलाई जलवायु परिवर्तनसँग जोडेर हेर्दैनौँ, जुन वास्तवमै दुःखदायी पक्ष हो,’ आइयुसिएनका मिन्ना इप्सले भने । अक्सिजन अभावले टुना, मार्लिन र सार्क माछाको जीवन जोखिममा परेको अध्ययनमा दर्साइएको छ । यी ठूला माछालाई धेरै ऊर्जा आवश्यक पर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com