लण्डनमा उपचाररत पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई अमेरिका लान सुझाब


प्रकाशित मिति : मंसिर २३, २०७६ सोमबार

पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई उपचारका लागि अमेरिका लान उहाँको उपचारमा सम्लग्न चिकित्सकहरूले सुझाब दिएका छन् । शरीफ केही हप्तादेखि बेलायतको राजधानी लण्डनमा उपचार सेवा लिइरहनुभएको छ ।

शरीफलाई अमेरिकी चिकित्सकको परामर्श लिन उहाँको उपचारमा रहेका चिकित्सकहरूले सल्लाह दिएका पाकिस्तानको मुश्लिम लिग–नवाज (पीएमएल–एन) ले सोमबार जानकारी गराएको हो ।

पीएमएल–एनका प्रवक्ता म्यारियम औरन्जेबलाई उद्धृत गरी द ट्रिबुनले लेखेको छ, “पूर्व प्रधानमन्त्रीको मुटुबाट मष्तिष्कमा रगत सञ्चार गर्ने ८८ प्रतिशत धमनीहरू अबरूद्ध भएकोले उहाँलाई अमेरिकी चिकित्सकको परामर्श लिई उपचार गर्न सल्लाह आएको छ । तर स्वास्थ्य अवस्थाका कारण पूर्व प्रधानमन्त्री शरीफलाई लण्डनबाट अमेरिका लान चुनौति रहेको छ ।”

प्रवक्ताले भन्नुभयो, “पछिल्लो ‘पोजिट्रन इमिसन टोमोग्रफी (पीइटी) स्कान’ रिपोर्टअनुसार उहाँको छिट्टै वायोप्सी परीक्षण हुनेछ र तत्काल जटील शल्यक्रिया गर्नुपर्ने देखिएको छ । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट विरामी शरीफको प्लेटलेट सङ्ख्यामा सुधार नदेखिएपछि उहाँको अवस्थाप्रति चिकित्सकहरू चिन्तित बनेका हुन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीन पटक पाकिस्तानको प्रधानमन्त्रीका रूपमा काम गरेका ६९ बर्षीय शरीफले लण्डनस्थित हार्वे क्लिनिकमा उपचार सेवा लिइरहनुभएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com