अमेरिकाले दिएका दुई जहाज मध्यरात काठमाडौं अवतरण


प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार

अमेरिकाले नेपाली सेनाका लागि उपलब्ध गराएका दुईवटा स्काइ ट्रक शनिबार  मध्यरातमा काठमाडौं अवतरण गरेका  छन्। अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम (एफएमएफपी) अन्तर्गत आपतकालीन उद्धारमा सघाउन नेपाली सेनालाई दुईवटा जहाज उपलब्ध गराइएको हो।

दुईवटा जहाज भारत हुँदै काठमाडौं विमानस्थलमा अवतरण गरेको जानकारी सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए। पूर्वनिर्धारित तालिकाअनुसार आइतबार बिहान काठमाडौं अवतरण हुने कार्यक्रम रहे पनि अरु एयरपोर्टबाट उडान तालिकामा ढिलाइ नहुँदा राति नै काठमाडौं ल्याइएको हो।

विपद् व्यवस्थापन, आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि यी जहाजको प्रयोग हुनेछ। दुवै जहाजको औपचारिक हस्तानान्तरण पुस २ गते हुनेछ।

अहिले दुवै जहाजलाई नेपाली सेनाको ११ नम्बर बाहिनीअन्तर्गतको ह्‍यांगरमा राखिएको छ। समान ढुवानी र सुरक्षाकर्मीको खटनका लागि प्रयोग हुने दुवै जहाज १८ यात्रु वा २३ सय किलो समान बोक्‍ने क्षमताका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com