दिल्लीमा आगलागीः ४३ जनाको मृत्यु, १५ गम्भीर घाइते


प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार

भारतको राजधानी नयाँ दिल्लीमा आइतबार बिहान एक फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । दिल्लीको झांसी रोडस्थित एक फ्याक्ट्रीमा आगलागी हुँदा कम्तिमा पनि ४३ जनाले ज्यान गुमाएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

आगलागीमा परी कैयौं घाइते भएको र १५ जनाको अवस्था गम्भीर रहेको दिल्ली प्रहरीले जनाएको छ । समाचारमा जनाइए अनुसार झांसी रोडको अनाज मंडीस्थित एक भवनमा आगो लागेको हो । आगो लागेपछि घटनास्थनमा दमकल परिचालन गरिएको थियो । हाल आगो नियन्त्रणमा आइसकेको समाचारमा जनाइएको छ ।

विद्युत शट भएर आगो लागेको हुन सक्ने बताइएको छ । घटनालगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी र दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मृतकप्रति श्रद्धाञ्जली दिँदै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।- एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com