अमेरिकाले छाड्यो इरानी वैज्ञानिक, इरानले छाड्यो अमेरिकी अनुसन्धनकर्ता


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

अमेरिकामा गिरफ्तार गरिएका एक इरानी वैज्ञानिक तथा इरानले पक्राउ गरेका एक अमेरिकी अनुसन्धाता मुक्त भएका छन् । दुबै देशबीचको तनाब चरम स्थितिमा पुगे पनि दुबै देशले एकअर्का मुलुकका नागरिकलाई मुक्त गरिएको बताएका छन् ।

इरान सरकारले अमेरिकाले आफ्ना नागरिक एवं वैज्ञानिक मसुद सोलेमानीलाई मुक्त गरेलगत्तै इरानमा गिरफ्तार गरिएका अमेरिकी अनुसन्धाता झियू वाङलाई मुक्त गरिएको जनाएको छ ।

इरानी विदेश मन्त्री मोहम्मद जावाद जरिफले ट्वीट गर्दै प्राध्यापक मसुद र झियू दुवै मुक्त भएकामा खुशी लागेको बताउनुभएको छ ।

इरानी सरकारी समाचार संस्था इर्नाले मसुदलाई अमेरिकाले एक वर्षको गैरकानुनी नजरबन्द पुग्नै लाग्दा छाडेको जनाएको छ । ती इरानी प्राध्यापकलाई स्वीट्जरल्याण्डमा इरानी अधिकारीहरु समक्ष हस्तान्तरण गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्राउ पर्नु अगाडि परिवारसँग चिनिया मुलका अमेरिकी ।

वासिङ्टनबाट जारी विज्ञप्तिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षसम्म इरानमा बन्धक बनाइएका झियू मुक्त हुनुभएको र उहाँ स्वदेश फर्कन लाग्नुभएको बताउनुभएको थियो । चीनमा जन्मेका अमेरिकी नागरिक झियूमाथि इरानमा जासूसी गरेको आरोपमा १० वर्षको जेल सजाय तोकिएको थियो ।

अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयमा इतिहास विषयका प्राध्यापक झियू इरानी कजार वंश परम्पराको अनुसन्धानका क्रममा सन् २०१६ मा पक्राउ पर्नु भएको थियो ।

सोलेमान पनि तेहरानस्थित तारबाइट मोडेरस विश्वविद्यालयका प्राध्यापक तथा वरिष्ट स्टेम सेल अनुसन्धाता हुनुहुन्छ । उहाँ सन् २०१८ मा अमेरिका पुगेलगत्तै पक्राउ पर्नु भएको थियो ।

संयुक्त राज्य अमेरिका र इरानबीच सन् १९८० देखि मात्र कुटनीतिक सम्बन्ध स्थापना भएको हो । दुबै मुलुकबीच सन् २०१८ देखि सम्बन्ध निकै चिसिएको छ । अमेरिकाले इरानी आणविक कार्यक्रम बन्द गराउन दबाब दिँदै इरानमाथि कठोर आर्थिक नाकाबन्दी लगाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com