बलात्कारीलाई इन्काउन्टर गर्ने प्रहरीको सबैतिर चर्चा !


प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार

भारतकाे हैदराबादमा महिला डाक्टरलाई बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई इन्काउन्टर गर्ने प्रहरी अधिकृत विश्वनाथ सज्जनार अहिले भारतमा चर्चाको शिखरमा छन् । उनी सायबराबादका प्रहरी कमिश्नर हुन् । यसअघि स्पेशल इन्टलिजेन्स ब्रान्चमा आइजीको जिम्मेवारी सम्हालेका उनी इन्काउन्टर विज्ञको रुपमा परिचित छन् ।

हैदराबादको बाहिरी इलाका शमशाबादमा २७ नोभेम्बर राति चार जनाले महिला डाक्टरलाई सामुहिक बलात्कार गरेपछि पेट्रोल छर्की अागाे लगाएर हत्या गरेका थिए । सोही अभियोगमा पक्राउ परेका शिवा, नवीन, केशवुलू र मोहम्मद आरिफलाई घटनास्थल लगेसँगै भाग्न खोजेको भन्दै इन्काउन्टर गरेको थियो । प्रहरी कारबाहीमा चारै जनाको मृत्यु भएको छ ।

यसअघि सन २००८ मा पनि वारंगल जिल्लामा इन्जिनियरिङ पढ्ने दुई छात्रालाई एसिड छ्याप्ने तीन जनालाई प्रहरीले पक्राउ गरी इन्काउन्टर गरेको थियो । त्यसबेला सज्जनार वारंगलका एसपी थिए । उनी सज्जनार महिला र बाल सुरक्षामा ध्यान दिने अधिकारीका रुपमा परिचित छन् । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com