विश्वमा पहिलो पटक उड्ने र गुड्ने कार निर्माण भएको छ । यो कार बुधबार अमेरिकाको फ्लोरिडाको मियामीमा लञ्च भएको हो । यस कारले १२ हजार पाँच सय फिट उचाइमा उडान भर्न सक्दछ ।
यस कारलाई ‘पायनियर पर्सनल एयर ल्याण्डिङ सवारी साधन’ (पिएएल-भी) नाम दिएको छ । कारले हावामा ३२१ किमी र सडकमा १६० किमी प्रतिघण्टाको रफ्तारमा दूरी पार गर्न सक्दछ । दुई सिट रहेको यस कारमा २३० हर्स पावरको इञ्जिन प्रयोग गरिएको छ ।
लञ्च भएसँगै अहिलेसम्म ७० वटा कार बुकिङ भएको छ । कारको डेलिभरी सन् २०२१ पछि सुरू हुने निर्माता कम्पनीले जनाएको समाचारमा उल्लेख छ । कार खरिदकर्ताले ड्राइभरको लाइसेन्ससहित पाइलटको लाइसेन्स पनि हुनु पर्दछ । कारको मूल्य करिब सात करोड रूपैयाँ राखिएको छ । एजेन्सी
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।