अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा सार्वजनिक सेवामा व्यापक सुधारको घोषणा


प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलेसार्वजनिक सेवा सुधारका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो कदम चाल्नुभएको छ ।

क्यानबेरामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यसले देशको सार्वजनिक क्षेत्रमा धेरै सकारात्मक प्रभाव पार्ने दावी गर्नुभयो ।

सार्वजनिक सेवालाई प्रभावकारी बनाउन अहिले रहेका १४ विभागलाई बढाएर १८ वटा बनाइएको छ ।

नयाँ थपिएका चार विभागले फेब्रुअरी १ देखि काम गर्ने निर्णय भइसकेको प्रधानमन्त्री मोरिसनले जानकारी दिनुभयो । थपिएका नयाँ विभागलाई ‘बृहत विभाग’को संज्ञा दिइएको समाचारमा जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँका अनुसार शिक्षा, सीप र रोजगार विभाग, भौतिक, यातायात, क्षेत्रीय विकास र सञ्चार विभाग, उद्योग, विज्ञान, उर्जा तथा श्रोत विभाग र कृषि, जल र वातावरण विभाग अहिले थप गरिएको हो ।

उहाँको यो कदमलाई सार्वजनिक सेवा सुधारका लागि सन् १९८७ देखिको सबैभन्दा ठूलो फड्को मानिएको छ ।

उहाँले विभागहरु नयाँ स्थापना गरेपनि मन्त्रीहरु भने फेर बदल गर्ने संभावना कम रहेको श्रोतले जनाएको छ ।

यो परिवर्तनलाई सामान्य मानिएको छैन । यो अपेक्षा पनि गरिएको थिएन । यो परिवर्तनपछि सवैलाई सहज र सन्तोषजनक सार्वजनिक सेवा प्राप्त हुने विश्वास लिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com