अष्ट्रेलियाको ब्रिसबेनमा मःम खाने प्रतिस्पर्धा,विजेतालाई एकसय डलर


प्रकाशित मिति : मंसिर १५, २०७६ आईतबार

संसारको जुनसुकै कुनामा पुगे पनि नेपाली जिब्रोले खोजिरहने नेपाली स्वाद हो मःम । त्यसैले मःम सबै नेपालीको लोकप्रिय खानेकुरामा पर्दछ ।

यसैबीच अष्ट्रेलियाको ब्रिसबेनमा हरेक साता मःमका पारखीहरुबीच मःम खाने प्रतिस्पर्धा हुँदै आएको छ ।

नेपाली रेष्टुराँ सञ्चालक होम प्यासीले ब्रिसबेनको सेन्टरमा सन्चालन गरेको डडद्धड मम हाउस अहिले सबैको रोजाइमा पर्ने गरेको छ । ब्रिसबेनका स्थानिय माझ मात्र नभएर कोही ब्रिसबेन घुम्न गएको छ भने एकपटक ८,८४८ मः म हाउसमा हरेक साताको सोमवार मःमका पारखीहरुकालागि मःम खाने प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

मेट्स इन्टरनेशनल ऐजुकेसन एण्ड भिसा सर्भिसेसले प्रस्तुत गरेको यो प्रतियोगिताको बिजेताले १०० अष्ट्रेलियन डलर हात पार्छन भने यो प्रतिस्पर्धा १० हप्तासम्म हुने गर्छ । दशौ हप्तामा भने १० जनाबीच प्रतिस्पर्धा गरेर पहिलो हुनेले १५ सय,दोस्रो हुनेले ८ सय र तेस्रो हुनेले ४ सय डलर जित्ने छन् । ‘ पुरस्कार भन्दा पनि यो प्रवाससमा रहेका नेपाली नेपालीबीच भेटघाट र भाईचारा बढाउनु उद्देश्यले यस्तो प्रतियोगिता सञ्चालन गरेको हो’,होमले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com