विश्वको अग्लो शिखर सगरमाथाको उचाई कति ? ८८४४ वा ८८४९ ?


प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार

विश्वको अग्लो शिखर सगरमाथाको उचाई ८ हजार ८ सय ४९ दशमलव ८ मिटर रहेको सीएनएनले उल्लेख गरेको छ । सीएनएनमा आज प्रकाशित विशेष रिपोर्टमा ‘नेपाल र तिब्बतको सिमानामा पर्ने सगरमाथाको उचाई २९ हजार ३५ फिट’ रहेको उल्लेख गरिएको छ ।

सगरमाथाको उचाई विश्वब्यापी रुपमा २९ हजार २९ फिट मानिदै आएको छ । नेपालमा गएको भूकम्पका कारण सगरमाथाको उचाई घटेको हुनसक्ने बताइरहदा सीएनएनले भने ६ फिट बढाएर उल्लेख गरेको छ ।

यद्यपी सन् १९९२ मा इटलीले सगरमाथाको उचाई २९ हजार २२ फिट मापन गरेको थियो । तर सन् १९९९ मा अमेरिकी वैज्ञानिकहरुले सगरमाथाको उचाई नापेर २९ हजार ३५ फिट रहेको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीन, डेनमार्क, भारतले पनि सगरमाथाको उचाई नापेर फरक फरक बताउँदै आएका छन् । चीनले नेपाल सरकार र अन्य निकायहरुलाई २९ हजार १७ फिट उचाईलाई मान्यता दिन दवाव दिदै आएको छ ।

हालै नेपाली टोली पनि सगरमाथाको उचाई नापेर फर्किएको छ । तर अहिलेसम्म सगरमाथाको उचाई कति छ भन्नेबारे यो टोलीले पनि विवरण सार्वजनिक गरेको छैन । सन् २००५ मा चीनले गरेको सर्वेक्षणमा सगरमाथाको उचाई समुन्द्री सतहदेखि ८ हजार ८ सय ४४ मिटर मात्र रहेको भनिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com