लण्डन ब्रिजमा भएको घटनामा आक्रमणकारीसहित तीनको मृत्यु, न्युयोर्क मेयरबाट समवेदना
प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार

LONDON, ENGLAND – NOVEMBER 29: Metropolitan Police Armed Response officers gather near Monument after a number of people are believed to have been injured after a stabbing at London Bridge, police have said, on November 29, 2019 in London, England. Police said they were called to the stabbing around 2:00 pm local time. Video shared on social media after the incident showed armed officers opening fire on a man who had been pinned down on the bridge walkway. Metropolitan Police said they believed there were several injuries and that a man had been detained. (Photo by Chris J Ratcliffe/Getty Images)
लण्डनको लण्डन ब्रिजमा भएको घटनामा तीनजनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । घटनामा दुईजना व्यक्तिको हत्या भएको छ भने घटनास्थलमा पुगेको प्रहरीले गोली चलाउँदा हमलामा संलग्न भएको आशंका गरिएका एकजनाको मृत्यु भएको छ । आक्रमणकारीको पहिचान भएको र मृत्यु हुने व्यक्ति नै आक्रमणकारी रहेको प्रहरीको दावी छ ।
यसैबीच न्युयोर्कमा मेयर बिल डे ब्लाजिओले न्युयोर्करका तर्फबाट समवेदना व्यक्त गरेका छन् । न्युयोर्क सिटीले लण्डनले भोगेको पीडाको अनुभव गर्नसक्ने बताउँदै उनले ट्वीटरमार्फत समवेदना व्यक्त गरेका छन् ।
लण्डन ब्रिजमा स्थानीय समय अनुशार दिउसोको २ बज्न लाग्दा चक्कु प्रहारको घटना भएको थियो । प्रहरीले आतङ्कवादी घटनाका रुपमा घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रधानमन्त्री बोरिस जन्सनले ट्वीट गर्दै आफूले उक्त घटनाबारे लगातार जानकारी लिइरहेको भन्दै प्रहरी तथा आपतकालीन सेवा प्रदायकहरूलाई धन्यवाद दिएका छन्। घटनापछि लण्डन ब्रिजलाई प्रहरीले बन्द गराएका थिए ।
२ बर्ष अगाडि पनि लण्डन ब्रिज र नजिकै भएको घटनामा ८ जनाको मृत्यु भएको थियो । त्यतीबेला ४८ जना घाइते भएका थिए ।