आन्दोलनका क्रममा ४०० भन्दा बढीको मृत्युपछि इराकी प्रधानमन्त्रीद्वारा राजिनामाको घोषणा


प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार

इराकका प्रधानमनत्री अदेल अब्देल मेहदीले राजिनामा दिने घोषणा गर्नु भएको छ ।

उहाँले राजिनामा पत्र संसदमा पेश गर्ने तयारी गर्नुभएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

इराकी सिया धर्मगुरूले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिएपछि मन्त्रीमण्डलमा फेरबदलका लागि सुझाब दिनुभएको थियो ।

सरकार परिवर्तनको माग गर्दै दैनिक विरोध प्रदर्शन भइरहेपछि उहाँले शुक्रबार राजिनामा दिने घोषणा गर्नुभएको हो ।

“मैले प्रधानमन्त्री पदबाट दिएको राजिनामा संसदमा पेस गर्नेछु,” उहाँले जारी गर्नु भएको वक्तव्यमा भनिएको छ ।

इराकमा झण्डै दुई महिनादेखि भइरहेको रक्तपातपूर्ण आन्दोलनका क्रममा ४०० भन्दा बढीको मृत्यु भएको छ भने अरु १५ हजार भन्दा बढी घाइते भएका छन् ।

पछिल्लो विवरण अनुसार दक्षिणी धिकार राज्यको राजधानी नासिरियालगायत देशभरका विभिन्न ठाउँमा भएका झडपमा परी ४५ प्रदर्शनकारी मारिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com