अल्बानियामा आएको भूकम्पका कारण झण्डै ५० जनाको मृत्यु भएको छ भने पाँच हजारभन्दा बढी विस्थापित भएका छन् ।
अल्बानियाका प्रधानमन्त्री इडी रामाले भूकम्पका कारण देश घाइते भएको टिप्पणी गर्नुभएको छ । उहाँले शुक्रबारसम्ममा मृत्यु हुनेको संख्या ४९ पुगेको जानकारी दिनुभयो ।
गत मङ्गलबार आएको ६.४ म्याग्नीच्युडको भूकम्पका कारण ठूलो मात्रामा भौतिक संरचनामा समेत क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।
अल्बानियाको राजधानी तिरानाबाट ३३ किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर डुरेसमा भूकम्पका कारण सबैभन्दा बढी भौतिक तथा मानवीय क्षति भएको बताइएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
शक्तिशाली भूकम्पपछि पनि पाँच म्याग्निच्यूडका पराकम्पन आउँदा थप घरहरू भत्किने तथा चर्किने क्रम जारी रहेकाले उद्धार प्रयासमा समेत जटिलता उत्पन्न भएको अधिकारीहरुले बताएका छन् ।
क्षति भएका घर तथा भवनहरूमा प्राविधिक (इन्जिनियर)ले परीक्षण नगरेसम्म प्रवेश नगर्न प्राविधिकहरुले आग्रह गरेका छन् ।
डुरेस र थुमानमा दुई हजार मानिस आफ्नो घरबाट अन्यत्र सरेका छन् । उनीहरु अर्काको घरमा तथा होटलहरुमा बसेको बताइएको छ ।
त्यसैगरी राजधानी तिरानाका पनि ३४ सय ८० मानिस अन्यत्र आश्रयस्थलमा बस्दै आएका छन् । कतिपय भने आफन्तकोमा बसेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।