लण्डन ब्रिजमा भएको घटनामा कैयन घाइते, बन्द गरियो लण्डन ब्रिज


प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार

लण्डनको लण्डन ब्रिजमा भएको घटनामा कैयन व्यक्ति घाइते भएका छन् । स्थानीय समय अनुशार दिउसोको २ बज्न लाग्दा चक्कु प्रहारको घटना भएको प्रहरीले जनाएको छ ।

मेट प्रहरीका अनुसार एकजना पुरुषलाई प्रहरीले गोली प्रहार गरेको छ। प्रहरीले आतङ्कवादी घटनाका रुपमा अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न भएको आंशकामा एकजनालाई पक्राउ गरिएको छ ।

प्रधानमन्त्री बोरिस जन्सनले ट्वीट गर्दै आफूले उक्त घटनाबारे लगातार जानकारी लिइरहेको भन्दै प्रहरी तथा आपतकालीन सेवा प्रदायकहरूलाई धन्यवाद दिएका छन्। लण्डनको एम्बुलेन्स सेवाले ठूलो घटना भएको बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनापछि लण्डन ब्रिजलाई प्रहरीले बन्द गराइदिएका छन्। घटनास्थलमा गोली चलेको आवाज समेत सुनिएको थियो । पुरुषहरूको एक समूह पुलमा झगडा गरिरहेको थियो भने प्रहरी आइपुगेपछि त्यहाँ गोली चलेको थियो ।

उसले त्यस क्षेत्रमा रहेका मानिसहरूलाई काममा खटिएका प्रहरी अधिकारीहरूको सुझावलाई मान्न आग्रह गरेको छ। एकजना व्यक्तिलाई धेरैजनाले आक्रमण गरेको र लगत्तै प्रहरी पुगेपछि केही राउन्ड गोली चलेको जनाइएको छ ।घटनास्थलमा प्रहरी तथा एम्बुलेन्स पुगेको छ भने त्यहाँ अन्य मानिसहरूलाई जान दिइएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com