फेसबुक र इन्स्टाग्राममा पोष्ट गर्न सक्नुभएन ? विश्वभर फेसबुक र इन्स्टाग्राममा समस्या


प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार

थ्यांक्सगिभिङको विहानैदेखि विश्वभर फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । कैयन फेसबुक पेज, प्रोफाइल र इन्स्टाग्राम एकाउन्टहरुमा पोष्ट गर्न नमिल्ने भएको छ भने लगइन, एकाउन्ट लोड, साथीहरु थप्न र लाइक गर्नमा समेत समस्या आएको छ ।

डाउन डिटेक्टरका अनुशार दशौं हजारले यो समस्या भोगिरहेका छन् । अमेरिका क्यानडा लगायत विश्वभर नै समस्या उत्पन्न भएपछि प्रयोगकर्ताहरु ट्वीटरमा गएर फेसबुक र इन्स्टाग्राम डाउन भएकोबारे गुनासो गरिरहेका छन् ।

इन्स्टाग्रामले आएको समस्या स्वीकारेको छ । फेसबुक परिवारका सबै एप्लीकेशनमा समस्या आएको र समाधानका लागि प्रयास गरिरहेको इन्स्टाग्राममा उल्लेख गरिएको छ । विहान ९ बजे सबैभन्दा धेरै समस्या आएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com