बेलायती आमनिर्वाचनः कन्जरभेटिभ्सले बहुमत ल्याउने सम्भावना


प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ्स पार्टीले बेलायती संसदको आगामी निर्वाचनमा बहुमत ल्याउने चुनावी मतसर्वेक्षणले देखाएको छ ।
यूगभ नामक अनुसन्धान संस्थाले गरको पछिल्लो मतसर्वेक्षणमा यही साता चुनाव भए सत्तारुढ कन्जरभेटिभ्सले संसदमा स्पष्ट बहुमत ल्याउने बताएको छ ।

बेलायतमा आगामी डिसेम्बर १२ मा संसदको चुनाव हुँदैछ । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का पक्षधर प्रधानमन्त्री जोन्सनले यो चुनाव बेलायतको भविष्यका लागि महत्वपूर्ण रहेको बताउँदै आउनुभएको छ ।

ब्रेक्जिटका विषयमा यसअघिको संसदमा सहमति नजुटेपछि विपक्षीको समेत सहमतिमा संसदको आमनिर्वाचन हुन लागेको हो ।

बुधबार सार्वजनिक युगभको मतसर्वेक्षणमा यही बिहीबार चुनाब हुने भए कन्जरभेटिभ्सले मुख्य विपक्षी लेबर पार्टीबाट ४४ स्थान खोस्ने र ६८ स्थान सहित बहुमत हासिल गर्ने देखाइएको छ ।

यसअघि विजयी भएको विपक्षी लेबर पार्टीले कतिपय स्थान गुमाउने देखिएको छ । यी स्थानका मानिसहरु बढी मात्रामा ब्रेक्जिट पक्षधर देखिएका छन्, खासगरी बेलायतका उत्तरी र मध्य क्षेत्रमा ।

युगभले सन् २०१७ मा भएको पछिल्लो आमनिर्वाचनमा समेत आफ्नो आँकलन सही निस्किएको दाबी गरेको छ । युगभका अनुसार यस पटकको चुनावमा सत्तारुढ कन्जरभेटिभ्स पार्टीले ३५९ र मुख्य विपक्षी लेबर पार्टीले २११ स्थान जित्नेछ । लेबर पार्टीले ५९ सिट गुमाउने युगभको सर्वेक्षणले देखाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com