भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा इराकमा एकै दिनमा २५ को मृत्यु, सैनिक कमाण्डर नै बर्खास्त


प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार

इराकमा भ्रष्टाचारविरोधी आन्दोलनमा सरीक २५ प्रदर्शनकारीको एकै दिनमा मृत्यु भएको छ ।

त्यहाँका प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमाण्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई एकै दिनमा जिम्मेवारीबाट हटाउँदै पदबाटसमेत बर्खास्तका लागि सिफारिस गर्नुभएको छ । बर्खास्त गरिएका कमाण्डरलाई बिहीबार नै नासिरियाका लागि खटाइएको थियो ।

इराकी सेनाक प्रमुखसमेत रहेका प्रधानमन्त्री अब्देल मेहदीले बर्खास्तमा परेका जमिल सुमारीलाई नासिरियामा पठाउँदै दक्षिणी इराकका शहरी इलाकामा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिनुभएको थियो । इराकी टेलिभिजनले प्रधानमन्त्री कार्यालयको सूचनालाई उद्धृत गर्दै सुमारीलाई जिम्मेवारीबाट हटाइसकिएको उल्लेख गरेको छ ।

इराकी राज्य धिकारको राजधानी नासिरिया प्रवेश गर्ने तीन पुल प्रदर्शनकारीले कब्जामा लिएपछि सुरक्षाकर्मीसँग भएका झडपका क्रममा नासिरियामा एकै दिनमा २५ जनाको मृत्यु भएको नाम उल्लेख नगर्ने शर्तमा एक सैनिकले एएफपीलाई बताए । घटनामा १०० भन्दा बढी प्रदर्शनकारी घाइते बनेका छन् । झडपमा कैयौँ सुरक्षाकर्मीसमेत घाइते भएका बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कफ्र्यूको अवज्ञा गर्दै हजारौँ नागरिकले मृत शरीरलाई शहर घुमाएपछि उनीहरूको अन्त्येष्टि गरिएको छ । प्रदर्शनकारीले नासिरियास्थित इरानी बाणिज्य दूतावासलाई नाटकीयरूपमा आगजनी गरेका छन् ।

सन् २००३ मा अमेरिकी नेतृत्वमा इराकमाथि सैनिक हस्तक्षेप गर्दै तत्कालिन शासक सद्दाम हुसेनलाई अपदस्त गरेपछि राजधानी बग्दाद र दक्षिणमा विरोध र आन्दोलनमार्फत इराकी जनताले उनीहरूको सरकार र इरानस्थित त्यसका सहयोगीहरूविरूद्ध प्रदर्शन गर्दै आएका छन् ।

बुधबार राति प्रदर्शनकारीले इराकी राजनीतिमा तेहरानको प्रभावप्रति क्रोध प्रदर्शन गर्दै पवित्र स्लामिक शहर नाजाफमा रहेको बाणिज्य दूतावासमा आगजनी गरेका थिए । उनीहरूले आगजनीपछि इराकबाट इरानी हस्तक्षेप अन्त्यको घोषणा गर्दै इराकको विजय भएको भन्ने भावका नाराहरू लगाएका थिए ।

यसैबीच धिकारका शहरी क्षेत्रमा प्रदर्शनकारी हिंसात्मकरूपमा उत्रिएपछि बिहीबार मध्यान्नदेखि अर्को सूचना नहुँदासम्मका लागि सरकारले कफ्र्यू आदेश जारी गरिएको इराकी सैनिक स्रोतले जानकारी दिएको छ ।

अक्टोबरको सुरूदेखि नै राजधानी बग्दादलगायतका मध्य तथा दक्षिणी क्षेत्रमा ठूलो सहभागितासहितको प्रदर्शन जारी रहेको छ ।

प्रदर्शनकारीहरूले इराकको समग्र सुधार, भ्रष्टाचारप्रति जवाफदेहीता, सार्वजनिक सेवाहरूमा सुधार तथा रोजगारीलगायतका मागसहित करिब दुई महिनासम्म निरन्तर आन्दोलन गरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com