‘ज्यानमार्ने धम्की’पछि श्रीलङ्काका वरिष्ठ गुप्तचर अधिकारी फरार


प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार

उच्च दर्जाका अधिकारीहरूको मुद्दा अनुसन्धान गर्दै आएका अधिकारीलाई ‘ज्यान मार्ने धम्की’ आएको भन्दै श्रीलङ्काका वरिष्ठ गुप्तचर अधिकृत भागेको प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पछिल्लो समय सरकारमा आएको परिवर्तनसँगै गुप्तचरका अनुसन्धान अधिकृत निशान्त सिल्भाले स्वीजरल्याण्डसमक्ष शरण मागेको सञ्चारमाध्यमहरूले बताएका छन् ।

“सिल्भाले आफू कार्यरत राष्ट्रिय अपराध अनुसन्धान विभागका उच्च अधिकारीलाई सूचना नदिइकन नै आइतबार श्रीलङ्का छोडेका छन्,” प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“यी अधिकृतमाथि विगत साढे चार बर्षको अवधिमा विभिन्न मुद्दामा पूर्वाग्रही बनेका आरोपहरू लागेका छन्,” प्रहरीले सिल्भाको नाम उल्लेख नगरिकन जारी विज्ञप्तिमा भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यही नोभेम्बर १६ मा भएको निर्वाचनबाट श्रीलङ्काको राष्ट्रपतिमा गोतावाय राजापाक्ष निर्वाचित भएपछि सिल्भालाई ज्यान लिने धम्की आएको तर यो धम्की कसबाट आएको भन्ने प्रस्ट नगरिएको ‘द डेली मिरर’ पत्रिकाले लेखेको छ ।

सिल्भाले पूर्व राष्ट्रपतिसमेत रहेका प्रधानमन्त्री महिन्दा राजापाक्षको कार्यकालमा भएका भनिएका उच्च ओहोदाका अधिकारीको सम्लग्नतामा भएका हत्या र भ्रष्टाचार मुद्दा हेरेको र त्यसमा पूवाग्रह देखाएको आरोप लगाइने गरेको छ ।

सिल्भालाई वर्तमान् प्रधानमन्त्री महिन्दा राजापाक्षले गत बर्ष छोटो समय प्रधानमन्त्रीको जिम्मेवारी पाएपछि सिआडीको जिम्मेवारीबाट हटाइएको थियो तर राजापाक्षको बहिर्गमनपछि पुनः जिम्मेवारीमा ल्याइएको थियो ।

सिल्भाले सन् २००९ मा पत्रकार तथा सम्पादक लासान्था मनिलाल विक्रमातुङ्घेको हत्या लगायतका मुद्दाहरू हेर्नुभएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com