अमेरिकामा विदेशीका रुपमा ‘डेट’ गर्दा सबैले सोंच्छन् – ‘म ग्रिनकार्ड बनाउन खोज्दैछु’


प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार

अमेरिकामा विदेशीका रुपमा आएर कसैसँग डेट गर्न खोजेमा प्राय सबैले ग्रिनकार्ड बनाउनका लागि डेट गर्न खोजेको जस्तो सोंच्ने एकजना फिनल्याण्डका लेखकले एक संस्मरणमा उल्लेख गरेका छन् । काल्ले ओस्कारी मटिला नामका ती व्यक्तिले आफ्नो प्रकाशोन्मुख पुस्तकमा यसबारे उल्लेख गरेका हुन् ।

अमेरिकनसँग पहिलो डेट गर्न खोज्दा सुरुमा न्युयोर्कमा बस्न थालेको कति भयो भनेर प्रश्न आउने र फिनल्याण्डमा जन्मे हुर्केको बताइसकेपछि अमेरिकाको एयरपोर्ट र दूतावासमा अफिसरले लिने कडा बयान जस्तै बयानको शिलशिला सुरु हुने उनले आफ्नो अनुभवमा उल्लेख गरेका छन् ।

कुन भिसामा छौ ? कति बर्ष बस्न पाउँछौ ? कसरी काम गर्छौ लगायतका प्रश्नहरुको सामना गर्नुपर्ने समेत उनले बताएका छन् । पहिलो पटक डेट गर्न खोज्दा नै अमेरिकनहरुले विवाह गर्नका लागि नै एकदम हतार गर्न लागेको जस्तो व्यवहार गर्ने उनको भनाई छ ।

त्यसपछि डेट नै अत्यन्तै शंकास्पद हुने र डेटको सम्बादमा अध्यागमन स्टाटस सोधिने उनको अनुभव छ । उनले आफूले यस्तो जवाफ दिने बताउँछन् – ‘म अहिले पूर्णकालिन लेखक हुँ । म एक्स्ट्राअर्डिनरी भिसाका लागि योग्य हुनसक्छु, जुन भिसामा जस्टिन विवरले ग्रिनकार्ड पाएका थिए । के मेलानियाले ग्रिनकार्डका लागि ट्रम्पसँग विवाह गरेकी हुन् र ? उनले त आफूलाई मोडलमा एक्स्ट्राअर्डिनरी प्रमाणित गरेकी हुन् ।’

आफू अमेरिका आउनुअगाडि अध्यागमन स्टाटस र डेटले फरक पार्नेजस्तो आफूलाई नलागेको उनले बताएका छन् । तर अधिकांशले डेटका क्रममा विदेशीसँग गलत आशय रहेको आंशका गर्ने उनको अनुभव छ । कतिपयले त ग्रिनकार्डका लागि भेट्न खोजेको आशंका गर्दै ब्लक समेत गरिदिने गरेको उनको अनुभव छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com