अमेरिकामा विदेशीका रुपमा ‘डेट’ गर्दा सबैले सोंच्छन् – ‘म ग्रिनकार्ड बनाउन खोज्दैछु’


प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार

अमेरिकामा विदेशीका रुपमा आएर कसैसँग डेट गर्न खोजेमा प्राय सबैले ग्रिनकार्ड बनाउनका लागि डेट गर्न खोजेको जस्तो सोंच्ने एकजना फिनल्याण्डका लेखकले एक संस्मरणमा उल्लेख गरेका छन् । काल्ले ओस्कारी मटिला नामका ती व्यक्तिले आफ्नो प्रकाशोन्मुख पुस्तकमा यसबारे उल्लेख गरेका हुन् ।

अमेरिकनसँग पहिलो डेट गर्न खोज्दा सुरुमा न्युयोर्कमा बस्न थालेको कति भयो भनेर प्रश्न आउने र फिनल्याण्डमा जन्मे हुर्केको बताइसकेपछि अमेरिकाको एयरपोर्ट र दूतावासमा अफिसरले लिने कडा बयान जस्तै बयानको शिलशिला सुरु हुने उनले आफ्नो अनुभवमा उल्लेख गरेका छन् ।

कुन भिसामा छौ ? कति बर्ष बस्न पाउँछौ ? कसरी काम गर्छौ लगायतका प्रश्नहरुको सामना गर्नुपर्ने समेत उनले बताएका छन् । पहिलो पटक डेट गर्न खोज्दा नै अमेरिकनहरुले विवाह गर्नका लागि नै एकदम हतार गर्न लागेको जस्तो व्यवहार गर्ने उनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि डेट नै अत्यन्तै शंकास्पद हुने र डेटको सम्बादमा अध्यागमन स्टाटस सोधिने उनको अनुभव छ । उनले आफूले यस्तो जवाफ दिने बताउँछन् – ‘म अहिले पूर्णकालिन लेखक हुँ । म एक्स्ट्राअर्डिनरी भिसाका लागि योग्य हुनसक्छु, जुन भिसामा जस्टिन विवरले ग्रिनकार्ड पाएका थिए । के मेलानियाले ग्रिनकार्डका लागि ट्रम्पसँग विवाह गरेकी हुन् र ? उनले त आफूलाई मोडलमा एक्स्ट्राअर्डिनरी प्रमाणित गरेकी हुन् ।’

आफू अमेरिका आउनुअगाडि अध्यागमन स्टाटस र डेटले फरक पार्नेजस्तो आफूलाई नलागेको उनले बताएका छन् । तर अधिकांशले डेटका क्रममा विदेशीसँग गलत आशय रहेको आंशका गर्ने उनको अनुभव छ । कतिपयले त ग्रिनकार्डका लागि भेट्न खोजेको आशंका गर्दै ब्लक समेत गरिदिने गरेको उनको अनुभव छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com