लण्डनमा उबरमाथि प्रतिबन्ध, ४५ हजार ड्राइभरको रोजीरोटी संकटमा


प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार

राइड एप्लीकेशन उबरको लण्डनको लाइसेन्स खारेज भएको छ । लण्डनको यातायात नियमनले उक्त सिटीमा उबर चलाउन सोमबार प्रतिबन्ध लगाएको हो । यात्रुको सुरक्षालाई उबरले जोखिममा राखेको भन्दै लण्डनका उबर चलाउनका लागि दिइएको अनुमति खारेज गरिएको हो ।

अमेरिकाको सान फ्रान्सिस्कोमा मुख्यालय रहेको उबरले लण्डनको निर्णयबारे अपिल गर्ने जनाएको छ । न्युयोर्क स्टक एक्सचेन्जमा सोमबार विहान उबरको शेयरमा एकप्रतिशतले गिरावट आइसकेको छ ।

ट्रान्सपोर्ट फर लण्डनले पहिलोपटक सन् २०१७ मा उबरको लाइसेन्स खारेज गरेको थियो । त्यसपछि मामला अदालतमा गएपछि न्यायाधिसले उबरलाई पहिलो पटक १५ महिनाको अस्थायी अनुमति दिएका थिए भने गत सेप्टेम्बरमा टीएफएलले २ महिनाको अस्थायी अनुमति दिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उबरसँग अहिलेको निर्णयबारे अपिल गर्ने २१ दिनमात्र रहेको छ । लण्डनमा उबरका ४५ हजार चालकहरु रहेका छन् भने ३५ लाख यात्रुहरु रहेका छन् । लण्डन उबरको सबैभन्दा ठूलो युरोपको बजार हो ।

उबरमा एउटा ड्राइभरको एकाउन्टमा अर्कै अनाधिकृत व्यक्तिले समेत फोटो अपलोड गर्नसक्ने र त्यस्ता एकाउन्टहरु कम्तीमा १४ हजार रहेको टीएफएलले जनाएको छ । जसका कारण यात्रा असुरक्षित हुने गरेको छ । लण्डनका मेयर सादिक खानले पनि टीएफएलकै निर्णयको पक्षमा बोलेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com