यस्तो छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य, चलाईदैछ यी औषधी


प्रकाशित मिति : मंसिर ८, २०७६ आईतबार

अमेरिकी राष्ट्रपतिको स्वास्थ्यबारे डाक्टर सञ्जय गुप्ताको विशेष रिपोर्ट सीएनएनले प्रकाशित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प अघोषित र अप्रत्यासित रुपमा वाल्टर रिड नेशनल मिल्ट्री मेडिकल सेन्टरमा उपचारका लागि गएपछि उनको स्वास्थ्यबारे जनचासो बढेको हो । ७३ बर्षीय राष्ट्रपति ट्रम्प अकस्मात अस्पताल जानुले जनचासो बढ्नु स्वभाविक रहेको रिपोर्टमा जनाइएको छ ।

गत शनिबारको उनको अस्पताल चेकअप अनिश्चित भएकाले सार्वजनिक नगरिएको ह्वाइट हाउसले जनाएको छ । झण्डै एकघण्टासम्म चेकअप गरिएको , छातीमा कुनै पीडा महसुस नभएको र आपतकालिन खालको कुनै अवस्था नआएको ह्वाइट हाउसले जनाएको छ ।

शनिबारको चेकअपको रिपोर्ट पनि आइसकेको छ । उनको रगतमा क्लोस्टोरलको मात्रा १६५ मिलिग्राम प्रति डेसिलिटर पाइएको छ । जसमा एचडीएल ७०, एलडीएल ८४ र नन एचडीएल ९५ रहेको छ । रिपोर्टको पूर्ण सारांश आगामी बर्षको मेडिकल रिपोर्टमा समावेश गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको चुनावमा उम्मेदवारी दिनेबेलामा एउटा स्वास्थ्य रिपोर्ट सार्वजनिक गरेका थिए, जसमा उनले हरेक दिन ८५ एमजीको एस्पीरिन लिने गरेको जनाइएको थियो । उनको स्वास्थ्य एकदम राम्रो भएको भन्दै तयार पारिएको उक्त रिपोर्ट पछि ट्रम्प आफैले बनाएको भन्दै विवादमा आएको थियो ।

गत फरबरीमा ट्रम्पको स्वास्थ्य परीक्षणका क्रममा आएको रिपोर्टमा उनको तौल २४३ पाउण्ड रहेको जनाइएको छ । जुन सन् २०१८ को जनवरीको रिपोर्टको तुलनामा ४ पाउण्ड बढी हो । ६ फिट ३ इन्च अग्ला राष्ट्रपति ट्रम्पको गत फरबरीको रिपोर्टमा मुटुको धडकन प्रतिमिनेट ७०, रक्तचाप ११८ ८०, कोलेस्ट्रोल १९६ रहेको उल्लेख थियो । त्यतीबेला चिकित्किसले विभिन्न औषधीहरु सिफारिस गरेका थिए ।

सन् २०१८ को जनवरीमा भने राष्ट्रपति ट्रम्पको कोलेस्ट्रोल बढेर २२३ पुगेको थियो । रक्तचाप १२२ ७४ रहेको थियो । कोलेस्ट्रोलको उपचारका लागि १० एमजीको औषधी चलाइएकोमा सन् २०१९ मा बढाएर ४० एमजीको औषधी चलाइएको थियो ।

ट्रम्पलाई प्रोस्टेट, कोलेस्ट्रोल र मुटुको औषधी दिइएको छ भने विभिन्न भिटामिनहरुसमेत दिइएको छ । यद्यपी ट्रम्पमा कुनै गम्भीर समस्या भने देखिएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com