अपराधीलाई रक्सी चढाएर पूजा गर्ने अनौठो चलन देश !


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

एजेन्सी/ भगवानको पूजा गर्नु स्वभाविकै हो । तर भेनेजुयला यस्तो देश हो, जहाँ अपराधीलाई रक्सी चढाएर पूजा गरिन्छ ।

दक्षिण अमेरिकी देश भेनेजुयलामा अपराधीलाई रक्सी चढाएर पूजा गर्ने अनौठो परम्परा छ । यहाँका मानिसहरू मृत्यु भइसकेका अपराधीको मूर्ति बनाएर पूजा गर्दछन् ।

मरिसकेका अपराधीको मूर्ति बनाएर त्यसलाई अपराधका देवता सम्झिएर मानिसहरू पूजा गर्दछन् जसलाई स्पेनिश भाषामा स्यान्टोस मेलेन्ड्रोस भनिन्छ ।

अपराधी जति धेरै खुंखार भयो उसको उति नै भव्य पूजा हुन्छ । मानिसहरू अपराधीको पूजा गर्न टाढा–टाढाबाट आउँदछन् । वास्तवमा भेनेजुयलाको इतिहासमा अपराधीहरूलाई आदर्श मानिन्थ्यो जसले सामन्ती तथा धनाढ्यहरूबाट सम्पत्ति खोसेर गरिबहरुलाई बाँड्ने गर्दथे ।

त्यसैले अपराधीहरू भनेका धनीहरूलाई गरिबबाट लुटाउने भएकाले उनीहरूलाई गरिबको भगवानको रूपमा मानिसहरूले पूजा गर्ने गरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com