क्यानडामा हिउँमा अड्केका विरालाका टुहुरा बच्चालाई होमलेस कुकुरले जोगायो अँगालो हालेर


प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

क्यानडामा हिउँमा अड्केका टुहुरा विरालाका बच्चाहरुलाई एउटा होमलेस कुकुरले अँगालो हालेर न्यानो प्रदान गरेर जोगाएको छ । क्यानडा ओन्टारियोको पेट एण्ड वाइल्ड लाइफ रेस्क्युले बिरालाका बच्चाहरुलाई जाडोबाट जोगाउन अंगालो हालेर बसेको कुकुर फेला पारेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेको छ ।

कुकुरको मालिक को हो भन्नेबारे अहिलेसम्म पत्ता लागेको छैन । उक्त संस्थाले कुकुरको मालिकको समेत खोजी गरिरहेको छ । उक्त कुकुरले पाँचवटा सानासाना बिरालाका बच्चालाई हिउँ नजिकै अँगालो हालेर जोगाएको थियो ।

बाटोमा हिड्नेहरुले यो दृश्य देखेपछि कुकुर र बिरालाका बच्चाहरुलाई लगेर सेल्टरमा बुझाएका थिए । अहिले कुकुर र विरालाका पाँच बच्चाहरु सेल्टरमा सुरक्षित र न्यानो अवस्थामा रहेका छन् ।

यदि कुकुरले नजोगाएको भएक उक्त चिसो रातमा ती बिरालाका बच्चाहरु मर्नसक्ने सम्भावना रहेको थियो । सेल्टरमा ल्याइसकेपछि पनि कुकुरले ती बिरालाका बच्चाहरुलाई छाडेको छैन, नजिकै बसेर उनीहरु ठीक भए नभएको जाँच गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com