अष्ट्रेलियाको आगलागीबाट उद्दार गरिएको कोआलाको उद्दारगर्ने हजुरआमासँग पुनर्मिलन


प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार

अष्ट्रेलियाको जंगलमा आगलागी हुँदा अत्यन्तै नराम्रो तरिकाले जलेर चिच्याउँदै गरेको कोआलाको उद्दार गर्ने हजुआमासँग अस्पतालमा पुनर्मिलन गराइएको छ । हालै सार्वजनिक एउटा भिडियोमा गाडीमा सवार तीमहिलाले घाइते कोआला वियरको नाटकीय तरिकाले उद्दार गरेकी थिइन् ।

आगोमा जलिरहेको कोआलालाई उनले आफ्नो सर्ट उतारेर छोपेकी थिइने । यसरी उद्दार गरिएको कोआलालाई बिहिबार कोआला अस्पतालमा उद्दार गर्ने ती महिलासँग पुनर्मिलन गराइएको छ ।

अक्सिजन मास्क लगाइएको कोआलालाई कम्बलमा बेरिएको थियो । अस्पतालले उक्त कोआला बाँच्ने सम्भावना भने पचास प्रतिशतमात्र भएको बताएको छ । कोआलाको हातखुट्टा पूर्णरुपमा जलेकाले उपचार हुन लामोसमय लाग्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अष्ट्रेलियाको जंगलका लागेको आगोका कारण ३५० भन्दा धेरै कोआलाहरु मारिएको आशंका गरिएको छ । आगलगीपछि कोआलालाई बचाउन तालिमप्राप्त कुकुरहरुको प्रयोग गरिएको थियो ।

कोआला भालुका रुपमा चिनिने यो प्राणी असाध्यै सुन्दर हुन्छ । तर यो प्राणी साँच्चीकै भालु नभई मार्सुपियल प्राणी हो । मार्सुपियल जीवहरू ती हुन् जसले आफ्ना बच्चाहरूलाई पेटको नजिक एउटा सानो झोलामा राख्छन् ।

धेरै जसो प्रख्यात मार्सुपियल प्राणी कंगारु हो । कोआला भालुले बच्चा जन्माएपछि ६ महिनासम्म आफ्नो झोलामा राख्छ।जब बच्चा अलि ठूलो हुन्छ, यो आमाको पीठमा हुन्छ। करीव १ बर्षसम्म, आमाले आफ्नो बच्चालाई पछाडि वा पेटमा राख्छिन्।

अष्ट्रेलियामा आगलागीबाट चारजना व्यक्तिको मृत्यु भएको छ भने कैयन घरहरु ध्वस्त भएका छन् । १३ सय भन्दा धेरै अग्नी नियन्त्रकहरु आगो निभाउन खटिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com