श्रीलंका : भाई राष्ट्रपतिले गराए दाई प्रधानमन्त्रीलाई सपथग्रहण


प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार

श्रीलङ्काको प्रधानमन्त्रीका रूपमा महिन्दा राजापाक्षले बिहीबार शपथग्रहण गरेका छन् । राष्ट्रपति गोतावाय राजापाक्षले आफ्नै दाई महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा सपथग्रहण गराएका हुन् ।

परिवर्तित राजनीतिक सन्दर्भमा देशको नेतृत्वका लागि मार्ग प्रशस्त गर्दै निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले बुधबार राजीनामा दिएका थिए । बुधबार नै नवनिर्वाचित राष्ट्रपति गोतावाय राजापाक्षले भूतपूर्व राष्ट्रपतिसमेत भइसकेका आफ्नै दाजुलाई प्रधानमन्त्रीका लागि बुधबार नै सिफारिस गरेका थिए ।
श्रीलङ्काको इतिहासमा दाजुभाइ नै देशको राष्ट्रपति र प्रधानमन्त्री बनेको यो पहिलो घटना हो । नवनियुक्त प्रधानमन्त्रीले सन् २००५ देखि सन् २०१५ सम्म श्रीलङ्काको शक्तिशाली राष्ट्रपतिका रूपमा काम गरेका थिए । उनकै नेतृत्वमा श्रीलङ्कामा तीन दशक लामो गृहयुद्ध अन्त्य भएको थियो ।

प्रधानमन्त्रीको समर्थन रहेका सजित प्रेमादासाले राष्ट्रपतिका उम्मेदवारको निर्वाचनमा पराजयको केही दिनपछि विक्रमासिङ्घेले राजीनामा दिएपछि नयाँ सरकारको गठन भएको हो ।

गत शनिबार सम्पन्न निर्वाचनमा राजापाक्षले ६० लाखभन्दा बढी मत ल्याई राष्ट्रपतिमा निर्वाचित भएका थिए भने भने प्रतिस्पर्धी प्रेमादासाले करिब १५ लाख मत कम प्राप्त गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजापाक्षको नेतृत्वमा सानो कामचलाउ मन्त्रीमण्डलको गठन हुन लागेको पनि स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । नयाँ मन्त्रीमण्डलमा राजापाक्षलाई निर्वाचनमा सघाएका केही नयाँ अनुहार आउने अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com