मतदाता नामावली दर्ताका लागि २० मिलियन खर्च गर्दै ब्लुमबर्ग


प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार

अमेरिकी राष्ट्रपतिको चुनावी मैदानमा होमिएका अमेरिकाका नवौं तथा विश्वका चौधौं धनाढ्य माइकल ब्लुमबर्गले मतदाता नामावली दर्ताका लागि २० मिलियन खर्च गर्ने भएका छन् । उनले झण्डै ५ लाख मतदाता नामावली दर्ताका लागि उक्त रकम खर्चिने भएका हुन् ।

ट्रम्पसँग तीब्र प्रतिस्पर्धा हुने मानिएका पाँचवटा राज्यमा डेमोक्रेटिक आस्था राख्ने ५ लाख मतदाताको नाम मतदाता नामावलीमा दर्ता गराउनका लागि ब्लुमबगले उक्त रकम खर्चिने जनाइएको छ । अफ्रिकन अमेरिकन, एसियन, ल्याटिनो, जवान मतदाता र ग्रामिण क्षेत्रमा बस्नेहरुलाइ ब्लुमबर्गले प्राथमिकतामा राखेका छन् ।

ट्रम्पलाई चारवटा चुनावमा आक्रमण गर्नका लागि १ सय मिलियनको अनलाइन चुनावी अभियान संचालनको खुलासा गरे लगत्तै ब्लुमबर्गले मतदाता नामावली दर्ताका लागि समेत खर्च गर्ने खुलासा भएको हो । यो अभियान सन् २०२० को सुरुदेखि नै एरिजोना, मिसिगन, टेक्सास, नर्थ क्यारोलिना र विसकन्सिनमा सुरु हुनेछ ।

७७ बर्षीय ब्लुमबर्गले तीनवटा राज्यका डेमेक्रेटिक प्राइमरीमा भाग लिनका लागि आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । तर उनले औपचारिक रुपमा उम्मेदवारीको घोषणा भने गरिसकेका छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्लुमबर्गको मतदाता नामावली अभियान ती राज्यहरुमा चलाइनेछ, जहाँ गत निर्वाचनमा ट्रम्पले थोरै मतान्तरलेमात्र चुनाव जितेका थिए । मिसिगन र विसकन्सिनमा ट्रम्पले १ प्रतिशत भन्दा पनि कम भोटको अन्तरमा चुनाव जितेका थिए भने एरिजोना र नर्थ क्यारोलिनामा झण्डै ३ प्रतिशत बढी मतले चुनाव जितेका थिए । टेक्सासमा भने ट्रम्पले ९ प्रतिशत बढी मत ल्याएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com