मन्त्रीपरिषद पुनर्गठन , को को भए मन्त्री ? (सुचीसहित)


प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषदको पुनर्गठन गर्नुभएको छ । लामो कसरतपछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्न गर्नुभएको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले मन्त्री परिषदको पुनर्गठन गर्नुभएको हो ।

पुनर्गठित मन्त्री परिषदमा केहीलाई विदाई, केही नयाँको नियुक्ति र केहीको जिम्मेवारी हेरफेर गरिएको छ ।


नयाँ हुने मन्त्रीहरुमा लेखराज भट्टलाई उद्योगको जिम्मेवारी तोकिएको छ । त्यस्तै, रामेश्वर राय यादवलाई श्रमको जिम्मेवारी छ । घनश्याम भुसाललाई कृषि, पार्वत गुरूङलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक, वसन्त नेम्वाङलाई भौतिक,
भानुभक्त ढकाललाई स्वास्थ्य, उपेन्द्र यादवलाई कानून, रामवीर मानन्धरलाई सहरी विकास राज्य, नवराज रावललाई राज्य र मोती दुगद उद्योग राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

राष्टपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रीहरुको जिम्मेवारी र नयाँ नियुक्ति गर्नुभएको हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com