इमिरेट्स एअरलाइनले ५० एयरबस किन्ने, १६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता


प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार

ख्यातिप्राप्त विमान कम्पनी, इमिरेट्स एअरलाइनले एअरबस ३५०–९०० (वाइडबडी) ५० वटा विमान खरिद गर्न यूरोपेली बहुराष्ट्रिय विमान कम्पनी एअरबससँग १६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको छ ।

कम्पनीले सोमबार दिएको जानकारी अनुसार उक्त विमानहरूले सन् २०२३ को मेदेखि सेवा दिनेगरी सम्झौता भएको हो ।

“संयुक्त अरब इमिरेट्सको ध्वजाबाहक विमान कम्पनीले एअरबस ३५० का ५० विमान किन्ने सम्झौता भएको घोषणा गर्न पाउँदा खुशी लागेको छ,” इमिरेट्स कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत शेख अहमद् विन साइद अल–माक्तौमले सञ्चारकमीसँग बताउनुभयो ।

इमिरेट्सले विश्वका विभिन्न ८४ मुलुकका १५८ गन्तव्यमा उडान भर्दै आएको छ । हाल कम्पनीसँग २६७ ठूला तथा १०० भन्दा बढी एअरबस रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“सम्झौता हुनु एअरबसका लागि खुशीको कुरा हो,” बहुराष्ट्रिय विमान निर्माण कम्पनी एअरबसका प्रमुख कार्यकारी अधिकृत गुलियाम फाउरले बताउनुभयो ।

उहाँले थप्नुभयो, “इमिरेट्सले एअरबसलाई रोजेकोमा हामी गौरवान्वित भएका छौ ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com