धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा ५ जना पक्राउ


प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार

मंसिर २, लहान । धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिराहा प्रहरीले ५ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको विहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्राम बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सिरहा नगरपालिका–१२ सारस्वरस्थित कमला नदीको छेउमा कात्तिक २१ गते बिहान शव फेला परेको थियो ।

घटना भएको करिब दुई सातापछि सिरहा प्रहरीले झाँक्री यादवको हत्यामा संलग्न रहेको आरोपमा सिराहाको धनगढीमाई नगरपालिका–१० निवासी ३८ वर्षीय फुलगेन साह, निजको भतिजो मिर्चैया नगरपालिका–४ निवासी जितेन साह, १९ वर्षीय रामकुमार साह, धनुषाको कमलामाई नगरपालिका–६ सरुवामडा निवासी २५ वर्षीय अजय महतो र २१ वर्षीय राजलाल महतोलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

झाँक्रीको काम गर्दै आएका यादवको केही समयअघि फुलगेन साहसँग चिनजान भएको र फुलगेनकै माध्यमबाट अन्य व्यक्तिहरुसँग पनि झाँक्री यादवको चिनजान भएको थियो । सो क्रममा ती व्यक्तिहरुसँग यादवले भूतप्रेत भगाउन झारफुक गरिदिन्छु भन्दै पैसा लिएको तर बिरामी निको हुनुको साटो झन् समस्या बढेको गुनासोहरु आएको प्रहरीले जनाएको छ ।

चिनजानकै क्रममा फुलगेन साह तथा झाँक्री यादवबीच केही रकम लेनदेन भएको र झाँक्रीले फुलगेनसँग लिएको रकम फिर्ता माग्दा उल्टै झाँक्री यादवले फुलगेनलाई ज्यान मार्ने धम्की दिएपछि योजनाबद्ध तरिकाले ती पाँचै जना मिलेर झाँक्रीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनालगत्तै गरिएको अनुसन्धानका क्रममा अभियुक्तहरुले हत्यामा प्रयोग गरेको खुकुरीका साथै केही अन्य प्रमाणहरुसमेत फेला परेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए । पक्राउ परेका पाँचैजना माथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com