न्युयोर्कमा दुर्घटना हुनबाट जोगियो हिलारी क्लिन्टन जढेको जहाज


प्रकाशित मिति : मंसिर १, २०७६ आईतबार

आइतबार दिउसो न्युयोर्कबाट वासिंटन डिसी जानका लागि पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन चढेको जहाजमा समस्या उत्पन्न भएको छ । जहाजमा समस्या उत्पन्न भएपछि उड्न लागेको जहाजलाई गेटमा फर्काइएको थियो ।

दिउसो ३ बजेतिर हिलारी चढेको जहाजमा मेकानिकल समस्या आएको जनाइएको छ । उड्न लागेको जहाज अचानक हल्लिएको थियो भने धुवाँ समेत देखिएको थियो । भूईमा काम गर्ने कर्मचारीहरुले जहाज हल्लिएको र धुँवा उडेको देखेपछि जहाज उड्न नदिई दिउसो ३ बजेर १५ मिनेट जाँदा गेटमा फर्काइएको थियो ।

न्युयोर्कको लागुर्आडिया विमानस्थलबाट वासिंटन डिसीको रेगन नेशनल एयरपोर्ट जान ठीक्क परेको अमेरिकन एयरलाइन्सको २१४४ नम्बरको जहाज गेटमा फर्काइपछि जहाज हल्लिएको र धुँवा उडेको स्थानमा चेक गर्दा धातुका टुक्राहरु भेटिएका थिए । विमान उडाउनबाट रोकेका कारण सम्भावित दुर्घटना टरेको छ ।

विमानलाई गेटमा फर्काएपछि हिलारी सहित सबै यात्रुहरुलाई अर्को विमानमा राखेर पठाइएको थियो । जुन विमान ४ बजेर ४५ मिनेट जाँदा उडेको थियो । विमानमा आएको मेकानिकल समस्या के थियो भन्नेबारे केही बताइएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com