अमेरिकी राष्ट्रपति ट्रम्पको आकस्मिक स्वास्थ्य जाँच, स्वास्थ्य एकदम राम्रो


प्रकाशित मिति : मंसिर १, २०७६ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वार्षिक स्वास्थ्यजाँचपछि आफ्नो स्वास्थ्य एकदम राम्रो भएको बताएका छन् । शनिबार ट्रम्पको वाल्टर रिड मेडिकल सेन्टरमा स्वास्थ्य जाँच गरिएको ह्वाइट हाउसले जनाएको छ ।

ट्रम्पको स्वास्थ्य जाँच र ल्याब टेस्ट समेत गरिएको जनाइएको छ । यो स्वास्थ्यजाँचलाई तालिकामा नराखिएपनि वार्षिक नियमित जाँच हो । उक्त जाँचबारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।

यसभन्दा अगाडि १० महिना पहिले ट्रम्पको वार्षिक स्वास्थ्यजाँच गरिएको थियो भने स्वास्थ्य एकदम राम्रो भएको चिकित्सकहरुले बताएका छन् । ट्रम्प राष्ट्रपति भइसकेपछि वाल्टर रिड मेडिकल सेन्टरमा ९ पटक पुगिसकेका छन् ।

आफ्नो चुनावी अभियानका क्रममा उनले एक स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्दै आफू राष्ट्रपतिमा निर्वाचित हुने सबैभन्दा स्वास्थ्य व्यक्ति भएको जनाएका थिए । तर पछि उक्त रिपोर्ट ट्रम्प आफैले तयार गरेको खुलासा गरेका थिए ।

दोश्रो कार्यकालका लागि चुनावी अभियान सुरु गर्दै गर्दा ७३ बर्षीय ट्रम्पले स्वास्थ्य जाँच गराएका हुन् । यसअगाडिका दुईवटा स्वास्थ्य जाँचलाई ट्रम्पले आफनो सार्वजनिक तालिकामा समेत हालेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com