रुख जोगाउन अष्ट्रेलियामा ढुंगाबाट कागज, मुख्य ग्राहक अमेरिकामा, कागज यस्तो छ !


प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार

ढुंगाबाट बनाइने कागज बनाउँदा तयार पारिएको कागजको ठूलो रोल ।

के रुखविना पनि कागज बनाउन सम्भव छ ? यो प्रश्नको जवाफ अहिले भेटिएको छ । अष्ट्रेलियन व्यवसायीहरु केभिन ग्रासिया र जोन शीले सम्भावित वैकल्पिक कच्चापदार्थबारे गरेको सोधमा ढुंगाबाट कागज बनाउन सकिने पत्ता लगाएका हुन् ।

एउटा ताइवानको कम्पनीले ढुंगाबाट कागज बनाएको थाहा पाएपछि उनीहरुले त्यहीबाट प्रेरित भएर अगाडि बढे । तयसपछि उनीहरुले सन् २०१७ को जुलाईमा ढुंगाबाट कागज बनाउन सुरु गरे ।

ढुंगाबाट बनाइने कागज उद्योगका संस्थापकहरु ।

यो मेसिनले काठ, पानी र खराब रसायनहरुको प्रयोग नगरी कागज उत्पादन गर्दै आएको छ । निर्माण स्थल र औद्योगिक डम्प साइटहरु खनेर निकालिएको ढुंगाको कचराबाट नै कागज बनाउन सकिन्छ ।

परम्परागत रुपमा हेर्ने हो भने कागज उत्पादनका लागि काठ काटेर, त्यसका रसायन, ब्लीच र प्रसस्त पानी हालेर घोल बनाइन्छ । त्यसपछि निचोरेर, सुकाएर र कागजको रुपमा सपाट बनाइन्छ । जसका कारण श्रममात्र बढी लाग्दैन, बनमास्दा कार्वन उत्र्सजन समेत बढ्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ढुंगाबाट बनाइएको कागजबाट बनाइएको यो नोटबुक वाटरपु्रफ छ ।

हाल कागजउद्योगहरुले ४० प्रतिशत औद्योगिक काठको प्रयोग गर्दै आएका छन् । तर अष्ट्रेलियन व्यवसायीहरु केभिन ग्रासिया र जोन शीले सिड्नीमा स्थापना गरेको ढुंगाबाट कागज बनाउने उद्योगले बनविनाशलाई कम गर्ने अपेक्षा गरिएको छ ।

सन् २०१९ मा मात्र यो उद्योगबाट ढुंगाबाट कागज उत्पादन गर्दा ५४० ठूला रुखहरु काटिनबाट जोगिएका थिए । जसका कारण झण्डै २५ हजार किलो कार्वन उत्सर्जन हुन पाएन ।

यसरी चुनढुंगाबाट बनाइन्छ कागज ।

कागज उत्पादनका लागि उनीहरुले फ्याकिएका चुनढुंगाको उपयोग गर्दै आएका छन् । यसबाट उत्पादन हुने कागज नोटबुकको कागजजत्तिको पातलो बनाउन सम्भव छ । ढुंगाबाट बनाइएको कागज वाटरपु्रफ हुनुका साथै च्यात्न कठिन हुने र रिसाइकल गर्न सकिने खालको छ ।

यसबाट बनेका नोटबुकहरु अष्ट्रेलियामा १० देखि २५ डलरमा साइज अनुशार बिक्रि भइरहेका छन् । सुरुमा कम्पनीको वेवसाइटबाटमात्र यो कागज विक्रि गरिएको भएपनि अहिले १ सय स्टोरमा किन्न सकिन्छ । अष्ट्रेलिया, अमेरिका र बेलायतमा अहिले यो कागज बिक्री भइरहेको छ ।

ढुंगाबाट बनाइने कागज बनाउँदा तयार पारिएको कागजको ठूलो रोल ।

यो कागजका ७० प्रतिशत क्रेताहरु अमेरिकामा रहनेहरु छन् । यो बर्षको अन्तयसम्ममा उनीहरुले विश्वभर १ हजार स्टोरहरु खोल्ने योजना बनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com