महिला मन्दिर प्रवेश गर्नेबारे अदालतको निर्णय पुनर्विचार गरिने !


प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

भारतको सर्वोच्च अदालतले रजस्वला हुने उमेर समूहका महिलालाई मन्दिरभित्र प्रवेश गर्न अनुमति दिने ऐतिहासिक फैसला पुनर्विचार गर्ने जनाएको छ । गतवर्ष सर्वोच्च अदालतको पाँच सदस्यीय इजलासले दक्षिणी राज्य केरलाको सबरिमाला मन्दिरमा सबै उमेर समूहका महिलालाई प्रवेशमा रोक लगाउनु विभेद हुने भन्दै जोसुकै महिला मन्दिरभित्र प्रवेश गर्न सक्ने जनाएको थियो ।

फैसलाको विरोधमा केरला राज्यमा महिनौँसम्म प्रदर्शन भएका थिए । फैसलासँगै मन्दिर प्रवेश गर्न खोज्ने महिलालाई बाहिर निकाल्नुका साथै कतिपयलाई आक्रमणसमेत गरिएको थियो । मन्दिरभित्र प्रवेश गर्न पाउनुपर्छ भन्ने अभियान चलाएका महिलालाई अदालतको पछिल्लो निर्णयले थप आक्रोशित बनाएको छ ।

हिन्दू धर्मअनुसार रजस्वलाको समयमा महिलालाई अपवित्र मानिन्छ र सो अवधिमा धार्मिक कार्यमा सहभागी हुन वर्जित छ । तर, सबरिमाला मन्दिरमा भने १० वर्षदेखि ५० वर्षका महिलालाई नै प्रवेशमा रोक लगाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com