मोदी र पुटिनले गरे भारत-रुस सम्वन्धको समिक्षा


प्रकाशित मिति : कार्तिक २८, २०७६ बिहीबार

एएनआई/भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार ब्राजिलमा भेटवार्ता भएको छ ।
उहाँहरुका बीचमा भारत र रुसको आपसी सम्वन्धका बारेमा समिक्षा गर्दै दुई देशको मित्रतालाई अझ मजबुद गराउने बारेमा छलफल भएको बताइएको छ । ब्राजिलमा आयोजित ११औँ “ब्रिक्स” सम्मेलनका लागि आएको बेला दुई शिर्ष नेताबीच भेटवार्ता भएको हो ।

उहाँहरुले दुई देशको व्यापारका बारेमा पनि कुराकानी गर्नुभएको भारतको विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, “राष्ट्रपति पुटिनसँगको भेटवार्ता अत्यन्त उत्कृष्ट भयो ।”“हामीले भेटवार्ताका क्रममा भारत र रुसको सम्वन्धलाई अझ बलियो कसरी बनाउने भन्ने बारेमा कुराकानी गरेका छौँ,” उहाँले थप्नुभोे ।

विश्वकै प्रभावशाली मानिने नेताहरु मध्ये यी दुई नेताको भेटघाट अहिले फेरी झण्डै दुई महिनापछि भएको हो । प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनले तेल र प्राकृतिक ग्याँसको स्थायित्व र बृद्धिका बारेमा पनि छलफल गर्नुभएको बताइएको छ ।

दुई दिने औपचारिक भ्रमणका लागि मोदी बुधबार ब्राजिल आइ पुग्नु भएको हो । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको साझा मञ्च मानिने “ब्रिक्स”को सम्मेलनमा सहभागीता जनाउन ती देशका नेताहरु ब्राजिलमा भेला भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्रिक्सको यो ११औँ सम्मेलनमा डिजिटल अर्थतन्त्र, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच देशको रणनीतिक भूमिकाका बारेमा बढी छलफल हुने जनाइएको छ ।
त्यसैगरी आतङ्कवादविरुद्ध संयुक्त रुपमा लड्ने संयन्त्र बनाउने विषय पनि यस सम्मेलनको प्राथमिकताको विषय भएको बताइएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री मोदीले यो सम्मेलनबाट ब्रिक्सका सदस्य राष्ट्रहरु सांस्कृतिक तथा आर्थिक पक्षबाट पनि जोडिने विश्वास व्यक्त गर्नुभएको थियो ।
सम्मेलनका क्रममा मोदी र पुटिनसँगै चीनका राष्ट्रपति सि चिनफिङ, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलगायतका शिर्ष नेताहरुका बीचमा पनि भेटवार्ता तथा छलफल हुने कार्यक्रम रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com